मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रपतिको दिए पारालिम्पिकमा काश्य विजेता पलेशालाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिएका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जालमार्फत ऐतिहासिक काश्य पदक विजेता गोवर्धनलाई बधाई दिएका हुन् ।

उनले भनेका छन्– ‘फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्साउनुभएकी पलेशाले जित्नुभएको काश्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो ।’

पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै काश्य पदक जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

हिजो भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् ।

क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०–८ ले पराजित भइन् । दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाउँदै फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गरेकी थिइन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण पदक जित्दै उनी पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन्। छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?