मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पलेशाले जितिन्  पारा ओलम्पिकमा ऐतिहासिक काश्य पदक

काठमाडौँ – नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा   ऐतिहासिक काश्य पदक जितेकी छन् ।

पेरिस पारा ओलम्पिक – २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारा ओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्।

पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् ।  तर, क्वार्टरफाइनलमा पलेशा ब्राजिलकी सिल्भाना फर्नान्डेसविरुद्ध १०-८ ले पराजित भएकी थिइन् ।

दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन्। जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी काश्य पदकका लागि नजिक पुगेकी थिइन् ।  त्यसपछि उनले काश्य पदकको प्रतिस्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई पराजित गरेर काश्य पदक जितेकी थिइन् ।

पलेशा छनोटचरण पार गर्दै पेरिस पारा ओलम्पिकमा   नेपालको प्रतिनिधित्व गरेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारा ओलम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पारा ओलम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?