मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इजरायलमा रोजगारीका लागि लटरीमार्फत छानिए २ हजार २ सय २ नेपाली केयरगिभर

काठमाडौँ- इजरायलमा केयरगिभरका रुपमा काम गर्न जाने २ हजार २ सय २ जना नेपाली सहायक श्रमिकहरूको लटरी प्रक्रियामार्फत छनोट सम्पन्न भएको छ ।

इजरायललको जेरुसेलमस्थित जनसङ्ख्या तथा अध्यागमन प्राधिरकण (पिबा) को मुख्यालयमा इलेक्ट्रोनिक लटरी प्रक्रियामार्फत नेपाली श्रमिकहरुको छनोट भएको हो ।

३ हजार ४ सय ६१ जनामध्येबाट छानिएका २ हजार २ सय २ जनामा ४० प्रतिशत महिला र ६० प्रतिशत पुरुष रहेका छन् । इजरायलका अध्यागमन निर्देशक मोशे नकासलगायत पिबाका प्रमुख अधिकारी, इजरायलस्थित परराष्ट्रमन्त्रायलका अधिकारीहरुको उपस्थितिमा सम्पन्न उक्त लटरी प्रक्रियाबाट उनीहरुको छनोट भएको हो ।

काठमाडौंस्थित इजरायली दूताबासमा परराष्ट्र मन्त्रालयको प्रतिनिधि, सञ्चारकर्मीहरूको उपस्तथितिमा छनोट प्रक्रियाको गुगल मिट भिडियो कन्फ्ररेन्समार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

छनोटमा परेका उम्मेदवारहरुको नामावली पिबाले काठमाडौंस्थित वैदेशिक रोजगार विभागलाई पठाइसकेको छ भने विभागले छिट्टै नामावली सार्वजनिक गर्ने बताइएको छ । छनोट भएका उम्मेदवारहरुले अन्तिम चरणको स्वास्थ्य परीक्षण तीन महिनाभित्र गराउनुपर्नेछ । शारीरिक रुपमा सक्षम प्रमाणित भएका उम्मेदवारहरुलाई आगामी सेप्टेम्बरदेखि इजरायल पठाउन सुरु गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?