मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालट्युबद्वारा ५ जना युवा क्रिकेटरलाई छात्रवृत्ति

काठमाडौँ- अस्ट्रेलियामा सञ्चालन हुँदै आएको नेपाली मिडिया नेपालट्युबले ‘डायस्पोरा क्रिकेट स्कलरशिप’ को घोषणा गरेको छ । नेपाल ट्युबले विज्ञप्ति जारी गर्दै छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो ।

यस कार्यक्रमअनुसार नेपालट्युबले क्रिकेट सिक्दै र खेल्दै गरेका ५ जना युवा क्रिकेटरलाई छात्रवृत्ति उपलब्ध गराएको छ ।

काठमाडौँको बालुवाटारस्थित क्रिकेटर एक्सिलेन्स सेन्टर एकेडेमीमा क्रिकेट सिकिरहेका तीन पुरुष र दुई महिला युवा क्रिकेटरलाई छात्रवृत्ति दिइएको छ । २२ वटा क्रिकेट छात्रवृत्ति दिने योजनासहित ५ जनालाई पहिलो चरणमा छात्रवृत्ति उपलब्ध गराइएको नेपालट्युबले जनाएको छ ।

छात्रवृत्ति मार्फत वर्षभरिको ट्युसन फि नेपालट्युबले तिरिदिने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका क्यान सचिव पारस खड्काका सार्थ अर्का पूर्वकप्तान ज्ञानेन्द्र मल्लले उनीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।

छात्रवृत्ति पाउनेमा धनगढीका यशोदा विष्ट, वीरगञ्जका एली यादव, काठमाडौंका सचिन लेखक, अछामका सिद्धार्थ साउद, कलैयाका धीरज देउवा रहेका छन् ।

नेपालट्युब क्रिकेट छात्रवृत्ति प्रदान गर्दै नेपाल क्रिकेट एशोसिएशन क्यानका सचिव खड्काले एउटा सकारात्मक अभियान थालेकोमा नेपालट्युबलाई धन्यवाद दिएका छन् ।

क्रिकेट खेलाडीसँग आशा भरोसा गर्नेहरुबाट सहयोग गर्ने अभियानका रुपमा सबैलाई यो कदममा साथ सहयोग गरेर जोडिन नेपालट्युबका सम्पादक सरल गुरुङले आह्वान गरेका छन् । उनले यो छात्रवृत्ति कार्यक्रमलाई २२ बाट १०० मा पुर्‍याउने योजना रहेको सम्पादक गुरुङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?