काठमाडौँ – अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्यामा संलग्न आरोपमा एक जना पक्राउ परेका छन् ।
अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार हस्टन प्रहरीले पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा सन्दिग्ध एक जनालाई पक्राउ गरेको हो ।
सन्दिग्धको हालसम्म पहिचान खुलाइएको छैन । संदिग्धसँग प्रहरीले बयान लिएपनि अभियोगहरू लगाइसकेको छैन । प्रहरीले बुधबार दिउसो सन्दिग्धको फोटो सार्वजनिक गरेको थियो ।
सीटीटिभी फुटेजबाट लिइएको फोटो अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटको थियो ।
ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीय मुना पाण्डेको गत सोमबार साँझ गोली हानी हत्या गरिएको थियो। मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया