काठमाडौं – आज २०८१ साल भदौ १२ गते बुधबार सन् २०२४ अगष्ट २८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
मंगलबारको तुलनामा बुधबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर सबै बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र बिक्री दर १३४ रुपैयाँ ५९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४९ रुपैयाँ ६६ पैसा र बिक्री दर १५० रुपैयाँ ३३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ १७ पैसा र बिक्री दर १७७ रुपैयाँ ९६ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया