मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मंगलादेवी सिंहको २८ औँ स्मृति दिवस मनाइयो

काठमाडौँ – नेपाल महिला संघका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मंगलादेबी  सिंहको २८ओै स्मृति दिवस मनाइएको छ ।

स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको सालिकमा माल्यार्पण गरी उनीप्रति श्रद्धासुमन अर्पण गरिएको हो ।

मंगलादेवी पुत्रसमेत रहेका उपप्रधान तथा सहरी विकास मन्त्री  प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गरे ।  माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री  सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताए । 

कार्यक्रममा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले मंगलादेवी सिंह नेपाली महिलाहका लागि प्रेरणा रहेको भन्दै उनले नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताए । 

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेलाभई महिला संघको स्थापना भएको थियो  । उनले महिलाले पढ्न पाउनुपर्छ भन्दै दिएको दबाबका कारण पद्म शमशेर राणा पद्म कन्या क्याम्पस खोल्न तयार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?