मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड

आक्रामक व्यापारमा एसएस राजमौली अगाडि, यी हुन् सबैभन्दा बढी कमाइ गर्ने उत्कृष्ट दश भारतीय फिल्म

काठमाडौँ– भारतीय सिनेमा र कलाकारबारे विश्वभर नै एक खालको क्रेज छ । भारतमा मात्रै नभई नेपाल लगायत विभिन्न मुलुकमा भारतीय कलाकार, सिनेमा र कलाकारको स्टाइलको फ्यानको संख्यामा खासै कम छैन । त्यसैले भारतमा कुनै नयाँ चलचित्र निर्माण वा प्रदर्शन हुने कुरो अधिकांशलाई चासोको विषय पनि बन्दै आएको छ ।

यही क्रेजकै कारणले गर्दा भारतीय फिल्मले विश्व फिल्म बजारमा राम्रो पकड बनाउँदै गएको छ । पहिले बलिउडका फिल्मलाई मात्र भारतीय फिल्म भनेर बुझिए पनि पछिल्ला केही वर्षयता भने प्रान्तीय फिल्मले पनि पूरै भारतमा राम्रो पकड जमाएका छन् ।

तेलुगु भाषामा निर्माण भएको फिल्म ‘बाहुबली’ लाई भारतमा ‘पान इन्डिया’ चेनमा प्रदर्शन गरियो । यो फिल्मले भारतमा मात्र नभएर विश्वभर नै उत्साहजनक व्यापार गर्‍यो । उस्तै ढर्राका फिल्म र दक्षिण भारतीय फिल्मका रिमेक हेर्दै आएका बलिउड दर्शकलाई यो फिल्मले निकै तान्यो । त्यसपछि प्राय: फिल्मलाई भारतभर नै एकसाथ प्रदर्शन गर्न थालिएको छ । ती फिल्म कमाइका हिसाबले पनि निकै अगाडि छन् ।

आज हामीले भारतमा कमाइका हिसाबले सबैभन्दा बढी आम्दानी गर्ने फिल्मका बारेमा जानकारी दिँदैछौँ । यी फिल्म समीक्षात्मक दृष्टिकोणले नभएर व्यापारिक हिसाबले सबैभन्दा अगाडि छन् ।

बाहुबली २: द कन्कुल्जन’

एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ ले हालसम्मकै सबैभन्दा बढी कमाइ गरेको छ । फिल्मले एक हजार ४ सय १७ करोड ग्रस कलेक्सन गरेको छ । यो फिल्मको क्रेज यस्तो थियो कि, दर्शकले लामो समयदेखि प्रतीक्षा गरेका थिए । यसको पहिलो भाग ‘बाहुबली’ रिलिज भएपछि नै फिल्मले व्यापक क्रेज बनाएको थियो ।

यो फिल्म सन् २०१७ मा प्रदर्शनमा आएको हो । केबी विजयेन्द्र प्रसादले लेखेको फिल्मलाई मिडिया वक्र्सको ब्यानर अन्तर्गत शोबु यार्लागड्दा र प्रसाद देवीनेनीले निर्माण गरेका हुन् । बाहुबली फ्रान्चाइजीमा निर्माण भएको यो फिल्ममा प्रभास, राणा डग्गुबती, अनुष्का शेट्टी, तमन्नाह रम्या कृष्ण, सत्यराजलगायत कलाकारको मुख्य भूमिका देख्न सकिन्छ ।

तेलुगु भाषामा निर्माण गरेको यो फिल्म पछि हिन्दी, मलयालम, ओडिया, जापानी रुसी र चिनियाँ भाषामा पनि प्रदर्शन गरिएको थियो । मिडिया रिपोर्टका अनुसार यो फिल्म २ सय ५० रुपैयाँ भारतीय रुपैयाँको बजेटमा निर्माण भएको यो फिल्म हो ।

केजीएफ २

प्रशान्त नीलको लेखन तथा निर्देशन रहेको फिल्म ‘केजीएफ २’ भारतको सबैभन्दा कमाइ गर्ने दोस्रो फिल्म हो । यस फिल्ममा सञ्जय दत्त, रविना टण्डन, श्रीनिधि शेट्टी, प्रकाश राज, अच्युथ कुमार, रमेश रावलगायतको कलाकारहरुको अभिनय रहेको छ ।

एक सय करोड रुपैयाँ बजेटमा निर्माण भएको यो फिल्मले एक हजार एक करोड (८६० करोड नेट) संकलन गरेको छ ।

भारतमा धेरै कमाउने दोस्रो फिल्म भए पनि विश्वभर सर्वाधिक कमाइ गर्ने चौथो फिल्म बनेको छ । यो फिल्म भारतमा सन् २०२२ मा तेलुगु, तमिल, मलयालम र हिन्दी भाषामा डब गरिएको छ । फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पनि पायो ।

आरआरआर

एसएस राजामौलीले निर्देशन गरेको फिल्म आरआरआर भारतका सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्म हो । यो फिल्मलाई राजामौलीले नै वी.विजयेन्द्र प्रसादसँगेको सहलेखन गरेका थिए । डीभीभी इन्टरटेन्मेन्ट अन्तर्गत निर्माण भएको यो फिल्म तत्कालीन समयमा भारतको सबैभन्दा महङ्गो फिल्मका रुपमा रहेको थियो ।

फिल्ममा बलिउड अभिनेता एनटी रामाराव जुनियर, रामचरण, अजय देवगण, आलिया भट्ट श्रिया शरण लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा ब्रिटिश राज विरुद्धको लडाइको बारेमा ऐतिहासिक काल्पनिक कथा रहेको छ ।

करीब ५ सय ५० करोड लगानीमा निर्माण भएको यो फिल्मले एक हजार करोडभन्दा बढी भारु कमाइ गरेको छ । यस फिल्म सन् २०२२ मार्च २५ मा रिलिज भएको थियो । तेलुगु भाषामा निर्माण भएको फिल्मलाई पछि अन्य भाषामा पनि डब गरेको थियो ।

कल्कीः २८९८ एडी’

‘कल्कीः २८९८ एडी’ भारतको सर्वाधिक कमाउने चौथो फिल्म हो । यस फिल्मले घरेलु बक्स अफिसमा ४१ दिनमा ६ सय ४० करोड ३० लाख भारु संकलन गरेको छ । केही समयअघि मात्रै प्रदर्शनमा आएको सो फिल्म नाग अश्विनको निर्देशनमा बनेको हो ।

साइन्स फिक्सन र इतिहासलाई मिश्रित गरी निर्माण गरिएको यो फिल्ममा प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन, दिशा पटानी र कमल हसन मुख्य भूमिकामा देखिएका छन् । यो फिल्म ६ सय करोड भारुमा निर्माण भएको हो । फिल्म तेलुगु र हिन्दी भाषामा रिलिज भएको छ । 

जवान

सर्वाधिक कमाइ गर्ने भारतीय फिल्ममध्ये ‘जवान’ पाँचौ स्थानमा छ । शाहरुख खानको मुख्य भूमिकामा रहेको यो फिल्मले विश्वभरबाट ११ सय करोडभन्दा बढीको कमाइ गरेको छ ।

यो फिल्मलाई एटली निर्देशकले निर्देशन गरेका हुन् । फिल्म ‘जवान’ गौरी खान र शाहरुखको कम्पनी रेड चिल्लिज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरेको हो । फिल्ममा खानसँगै नयन तारा, विजय सेतुपति, प्रियमणी, सान्या मल्होत्रा, सुनील ग्रोवर र रिद्धि डोग्रालगायतका कलाकारको अभिनय रहेको छ ।

पठान

सर्वाधिक पैसा कमाउने फिल्ममध्ये शाहरुख खानको ‘पठान’ छैटौँ स्थानमा छ । यशराज फिल्म्सले निर्माण गरेका यो फिल्मले रिलिजमा आएको पाँच दिनमै ५ सय ४३ करोड भारु कमाएको छ । फिल्मले भारतमा लगभग ३ सय ३५ करोड रुपैयाँ र भारत बाहिर २ सय ८ करोड रुपैयाँ कमाएको छ ।

फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम मुख्य भूमिकामा देखा परेका छन् ।

गदर २

सन्नी देओलको मुख्य भूमिकामा रहेको भारतीय फिल्म ‘गदर २’ पनि सर्वाधिक कमाइ गर्ने फिल्मको रुपमा पर्छ । सन् २०२३ अगष्टमा रिलिज भएको यो फिल्मले भारतीय बक्स अफिसमा ५ सय २५ करोड भारुभन्दा बढी रकम संकलन गरेको छ ।

भारतीय र पाकिस्तान युद्धको समयको विषयमा निर्माण भएको यो फिल्ममा बलिउड अभिनेता सनी देओल, अभिषा पटेल, उत्कर्ष शर्मालगायतका कलाकारहरुको भूमिका रहेको छ ।

एनिमल

बलिउड अभिनेता रणवीर कपुरको मुख्य भूमिकामा रहेको ‘एनिमल’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म हो । यो फिल्ममा अनिल कपुर, बबी देओल रश्मिका मन्डन्ना तृप्ती डिमरीको अभिनय रहेको छ ।

सन् २०२३ मा रिलिजमा आएको यो फिल्मले ४ सय ३४ करोड भारु संकलन गर्न सफल भएको छ । एक्सन ड्रामाको फिल्मको सहलेखन, निर्देशन र सम्पादन सन्दीप रेड्डीले गरेका हुन् । यो फिल्म भद्रकाली पिक्चर्स र सिने स्टुडियोबाट निर्माण गरिएको हो ।

बाहुबलीः द बिगिनिङ

भारतीय  फिल्म ‘बाहुबलीः द बिगिनिङ’ सर्वाधिक कमाई गर्ने अन्तर्गत पर्दछ । सन् २०१५ मा रिलिज भएको यो फिल्म एसएस राजा मौलीले निर्देशन गरेका हुन् ।

फिल्मले ४ सय १८ करोड भारु संकलन गरेको छ । फिल्ममा प्रभास, राणा डग्गुबती, अनुष्का शेट्टीलगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?