काठमाडौँ– ब्राइटनले इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको जितमा जोआओ पेड्रोले खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पारेका थिए । त्यसअघि खेलको ३२औं मिनेटमा ब्राइटनले डानी वेलब्याकको गोलमा शुरुवाती अग्रता लिएको थियो भने म्यानचेस्टर युनाइटेडले खेलको ६०औं मिनेटमा अमाद डिआल्लोको गोलमा खेल बराबरी गरेको थियो ।
यो जितपछि ब्राइटनले प्रिमियर लिगको नयाँ सिजन शानदार रुपमा शुरुवात गर्दै लगातार दोस्रो जित हासिल गरेको छ । यो जितपछि ब्राइटनको २ खेलमा ६ अंक भएको छ । त्यस्तै नयाँ सिजनको पहिलो खेल जितेको म्यानचेस्टर युनाइटेडले भने दोस्रो खेलमा हार बेहोरेको छ । यो हारपछि म्यानचेस्टर युनाइटेडको २ खेलमा ३ अंक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया