मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पिरो खुर्सानीको सेवनले निको पार्छ यस्ता रोगहरू

सामान्यतया हामी तरकारी, अचारहरूमा खुर्सानी राखेर पिरो स्वाद बनाएर खाने गर्छौ । कोही धेरै मात्रामा खुर्सानी खाने गर्छन् भने कोही एकदमै धेरै मात्रामा पनि पिरो सेवन गर्नुहुन्छ ।

खानेकुराहरूमा खुर्सानीले स्वाद त थपिदिन्छ, र यसले स्वस्थकर खानेकुरालाई झनै स्वादिष्ट बनाइदिन्छ । अझ पछिल्लो समय त पिरो खाने होडबाजी नै चलेको छ ।

यसकारण आज हामी पिरो खुर्सानी खानुका फाइदाहरू लगायतका सन्दर्भमा आज हामी तपाईँलाई जानकारी गराउँछौ । 

हप्ताको कम्तीमा चार पटक खुर्सानी खाने मानिसहरूमा हृदयाघातबाट मर्ने खतरा ४० प्रतिशत कम भएको अध्ययनले देखाएको छ । मानिसहरूले प्राचीन कालदेखि नै खुर्सानीको औषधीय गुणहरूबारे थाहा पाइसकेको हुँदा वर्षौँदेखि खुर्सानी उपचारमा प्रयोग हुँदै आएको पनि छ ।

अहिले आएर अनुसन्धानकर्ताहरुले नियमित रूपमा खुर्सानी खाँदा मुटुका रोग र हृदयाघातबाट मर्ने खतरा कम हुने कुरा पत्ता लगाएका छन् । 

खुर्सानी लोकप्रिय परिकारको रूपमा उपयोग गरिँदै आएको इटालीमा गरिएको एक अध्ययनमा २३ हजार जना मानिसहरूमा मर्ने खतराका बारेमा अध्ययन गरिएको थियो ।

अध्ययन गरिएका ती मानिसहरूमा खुर्सानी खाने नखानेहरू दुवै समावेश थिए । उक्त अध्ययनमा सहभागी भएकाहरूको स्वास्थ्य अवस्था र उनीहरूको खानेकुरा खाने आदतका बारेमा आठ वर्षसम्म नियमित अनुगमन गरिएको थियो ।

त्यस दौरानमा अनुसन्धानकर्ताहरुले के थाहा पाए भने हप्ताको कम्तीमा चार पटक खुर्सानी खाने मानिसहरूमा हृदयाघातबाट मर्ने खतरा ४० प्रतिशत कम भएको देखियो ।

जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित सो अध्ययनको रिपोर्टअनुसार हृदयाघातबाट मर्नेहरूको सङ्ख्या आधाभन्दा बढी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?