काठमाडौँ – साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदै छ ।
अन्तिम खेल अगावै सेमिफाइनल पुगेको नेपालले आज समूह विजेताका लागि निर्णायक मानिएको खेलमा बङ्गलादेशसँग भिड्न लागेको हो ।
दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने यो खेल दुवै टोलीका लागि प्रतियोगिताको दोस्रो खेल हो ।
अहिलेसम्म दुवै टोलीको समान तीन अङ्क छ । गोलअन्तरका आधारमा बङ्गलादेश शीर्ष स्थानमा छ । आज पराजित हुने टोलीले समूह ‘बी’ को भारतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
प्रतियोगितामा ६ टोली सहभागी छन् । जसमा नेपाल रहेको समूह ‘ए’मा बङ्गलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, मालदिभ्स र भुटान छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया