काठमाडौँ – नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौँ सडक अवरुद्ध भएको छ ।
झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला निस्कन सकिने हुनाले धेरै सवारी साधनले वैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ ।
ठुलो पहिरो खसेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केही समय लाग्ने प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया