मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वकै बढी उमेरकी महिलाको निधन

काठमाडौँ – विश्वकै बढी उमेरकी महिलाको मंगलबार निधन भएको छ । अमेरिकामा जन्मिएकी मारिया ब्रानयास मोरेराको ११७ वर्षको उमेरमा निधन भएको हो । 

सीएनएनका अनुसार गिनिज वर्ल्ड रेकर्ड्स (जीडब्लूआर) ले विज्ञप्ति जारी गर्दै मोरेराको ११७ वर्ष १६८ दिनको उमेरमा निधन भएको हो ।

जीडब्लूआरका अनुसार उनी विश्वमा सबैभन्दा लामो समय बाँच्नै आठौँ व्यक्ति हुन् । २०२३ को जनवरीमा विश्वकै सबैभन्दा बढी उमेरकी ११८ वर्षीय सिस्टर आन्द्रेको निधनपछि मोरेरा विश्वकै सबैभन्दा बढी उमेरकी घोषित भएकी थिइन् ।

मोरेराको जन्म उनको परिवार स्पेनबाट अमेरिका बसाइँ सरेको एक वर्षपछि १९०७ मार्च ४ मा भएको थियो । त्यसको ८ वर्षपछि उनको परिवार स्पेनको बार्सिलोना फर्केको थियो । 

पछिल्लो समय भने उनी स्पेनको क्याटालोनियामा बस्दै आएका थिइन् । उनी कोभिड १९ को सङ्क्रमणबाट निको हुने सबैभन्दा बढी उमेरकी मानिससमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?