मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिला टी- २० विश्वकप युएईमा हुने, आयोजक बङ्गलादेश नै रहने

काठमाडौँ – आईसीसी महिला टी- २० विश्वकप, २०२४ युएईमा हुने भएको छ । यस अघि बङ्गलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप अब युएईमा हुने भएको आईसीसीले जानकारी दिएको छ ।

अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी-२० विश्वकप युएईको दुबई र शारजाहमा हुने भएको छ ।

आईसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बङ्गलादेशबाट युएईमा सरेको दिँदै आयोजक भने बङ्गलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ ।

बङ्गलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठन पछि जारी गरिएका कैयौँ प्रतिबन्धका कारण प्रतियोगिता युएई सारिएको आईसीसीले जनाएको छ ।

यस विश्वकपमा आयोजक बङ्गलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बङ्गलादेशसहित अस्ट्रेलिया, इङल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलंका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?