मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ढुङ्गेलको निबन्धसङ्ग्रह ‘समयको नक्साबाहिर’ सार्वजनिक

काठमाडौँ– लेखक एवं साहित्यपोस्ट अनलाइनका सम्पादक कृष्ण ढुङ्गेलको संस्मरणात्मक निबन्धसंग्रह ‘समयको नक्साबाहिर’को सार्वजनिक भएको छ ।

शनिवार कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रममा लेखक ढुङ्गेलसहित कवि डा. नवराज लम्साल, राजनीतिकर्मी एवं लेखक गणेश कार्की, कथाकार अनिता पन्थी तथा प्रकाशन पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देलले सयुक्त रुपमा पुस्तकको विमोचन गरिएको हो ।

डा. लम्सालले संस्मरणलाई लघुउपन्यासै रुपमा राख्न सकिने बताए । उनले भने,‘ढुङ्गेलको पुस्तकमा मैले आफ्नै ढुकढुकी पाएँ । यसमा हरेक युवाले भोगेको गाउँको कुरा छ, समाजको कुरा छ । पुस्तकमा कथाको स्वाद पाइन्छ र यसलाई लघुउपन्यास भन्न सकिन्छ ।’

उनका अनुसार कृतिमा युवाहरूको त्यो बेलाको समय बोलिरहेको छ जसमा साइकलको युग छ, नोकियाको युग छ । जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ पछिको युवापुस्ताको गजबको संस्मरणात्मक पुस्तक आएको उनले बताए ।

लेखक तथा समीक्षक पन्थीले मानवीय संवेदनालाई छोएर लेखिएको यस पुस्तकमा बालमनोविज्ञान पाइने बताइन् । उनले भनिन्, ‘ढुङ्गेलले बाल्यकालमा अनुभूतिमात्र गर्नुभएका बालमनोविज्ञानका कुराहरूलाई अर्थ लगाएर अहिले लेख्नुभएको छ । समय, परिवेश र परिस्थिति नै यस पुस्तकको विशेषता हो । यसले दिदी, आमा, फुपूदिदीहरूको नारीसंवेदनालाई पनि पक्रिन सकेको छ ।’

युवा पुस्ताका राजनीतिकर्मी तथा लेकक गणेश कार्कीले विज्ञान, खेल र सिकाइलाई यो पुस्तक मीठोसँग प्रस्तुत गरिएको प्रशङ्ग कोट्याए । ‘लेखकले गुच्चा तथा फुटबलका माध्यमबाट पृथ्वी गोलो भएकोमा आफू विश्वस्त भएको बताउँछन् । उनले कमिला फुटबलमा सजिलै हिँडेकोबाट त्यसरी नै पृथ्वीमा मानिस हिंडेको कल्पना गर्छन् । पहिलेको पुस्ताका बालबालिका धर्तीसँग रमाएको कुरा यस संग्रहमा पाइन्छ । पुस्तकमा पर्यावरणीय चेत पनि प्रशस्तै छ,’ उनले भने ।

लेखक ढुङ्गेलले झुटो लेख्न नजानेको परिणाममा यो पुस्तक आएको बताए । उनले भने, ‘मसँग अर्को कुनै लेख्न विषय थिएन र आफैंलाई लेखेँ । आफैंलाई झेल्न नसकिँदो रहेछ, र जे थियो त्यही लेखेँ । बाल्यकाल र सम्बन्धहरू छ्यालब्याल बनाएर लेखेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?