मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ट्रम्पको चुनावी अभियान इरानले ह्याक गरेको पुष्टि

काठमाडौँ– अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी गरेका छन् ।

अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसको पुष्टि गर्दै बयान जारी गरेका छन् । 

‘इरानले सामाजिक ईन्जिनियरिङ् र दुवै राजनीतिक दलको राष्ट्रपति अभियानमा संलग्न अन्य प्रयासहरू मार्फत यो गर्ने प्रयास गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

यस अघि ट्रम्पको चुनावी अभियानले इरानी ह्याकरहरूले यसको आन्तरिक संचार ह्याक गरेको बताएको थियो । यद्यपि ट्रम्पको अभियानको यो दाबीलाई इरानी अधिकारीहरूले अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?