मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान’ कवि पुनियानीलाई

काठमाडौँ– कुनाका कवि तथा चिन्तक राजा पुनियानीलाई ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार २०८१’ प्रदान गरिने भएको छ । राजनीतिज्ञ, समाजसेवी एवम् साहित्यकार स्वदिव्य बिक्रम नेम्बाङको स्मृतिमा स्थापित सो पुरस्कार उनलाई प्रदान गर्न लागेको हो ।

सम्मान पुरस्कार यही भदौ १४ गते दिव्य बिक्रम नेम्बाङको पाँचौं स्मृति दिवसका दिन झापाको विर्तामोडमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङले एक विज्ञप्ति जारी गरी बताएका छन् । २०७६ सालमा स्थापित स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने यो पुरस्कार यसअघि प्रकाश थाम्सुहाङ, कृष्ण बराल र उपेन्द्र सुब्बाले प्राप्त गरेका थिए । पुरस्कारको राशि तीस हजार रहेको छ ।

१९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका दिव्य बिक्रम नेम्बाङ बैरागी काइँला, ईश्वरवल्लभ र ईन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात पतकर’ साहित्यिक पत्रिकाका प्रकाशक थिए । अध्ययन र निर्वासनको क्रममा लामो समय दार्जीलिङ बसेका नेम्बाङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ऐतिहासिक योगदान पुर्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?