काठमाडौँ– रातोपुलस्थित ओजस थिएटरमा नाटक ‘आवर्त’ मञ्चन शुरु भएको छ ।
ओजसकै प्रस्तुतिमा भदौ १ गतेदेखि शुरु भएको नाटकको लेखनमा नारायण लामिछाने र निर्देशन विकास पौडेलले गरेका छन् ।
‘द मिथ अफ सिसिपस’कृतिमा आधारित रहेर तयार गरिएको नाटकमा जीवनको बम्हाण्ड र शुन्यताको खोज गरिएको छ ।
जहाँ अमूर्त मानव अस्तित्व र भावनाहरु समेत खोतलिएका छन् । नाटकलाई साउन १८ र १९ गते पहिलो मञ्चन गरिएको थियो । भदौ ५ गतेसम्म मञ्चन हुने नाटकमा कलाकारहरु जेसिका पोखरेल, गोविन्द राज खड्का, रुबिन सुनार, नारायण लामिछाने, विकाश पौडेल र दिपेश कुमार चौधरीको अभिनय रहेको छ ।
फोटोफिचर:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया