काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
गत शुक्रबार प्रतितोला ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज तीन हजार बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि गत साउन २९ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यस दिन छापावाला सुनको मूल्य २१ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको थियो।
गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ।
चाँदीको मूल्य ५० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया