मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

प्राणघातक रोग ‘हेपाटाइटिस’ के हो? कसरी जोगिने ?

हेपाटाइटिस ‘हेपाटाइटिस भाइरस’द्वारा सर्ने एक प्रकारको सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्दछ । अन्य मौसम भन्दा वर्षातको समयमा बढी देखा पर्दछ ।

बेलैमा उपचार गरिएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एचआईभी एड्सभन्दा पनि डरलाग्दो रोग मानिन्छ । हेपाटाइटिसबाट ज्यान गुमाउनेको संख्या एड्सबाट मर्नेको संख्या भन्दा १० गुणा बढी हुन्छ ।

मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधीको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । हेपाटाइटिस कस्तो रोग हो ? यो कति प्रकारको हुन्छ ? यो रोग लाग्ने कारण र उपचार पद्धति कस्तो हुन्छ लगायतका विषयमा कलेजो रोग विशेषज्ञ डा. प्रताप सागर तिवारीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

हेपाटाइटिस कस्तो रोग हो ?

हाम्रो कलेजोमा सुजन भएको छ भने हेपटाइटिस हुन्छ । कलेजोका कोषहरुलाई हेपाटोसाइट भनिन्छ । हेपाटोसाइट भनेको कलेजोका तन्तुहरू हुन् । कुनै पनि कुराले कलेजोको हेपाटोसाइटलाई ड्यामेज गर्छ भने त्यसलाई हेपाटाइटिस भनिन्छ ।

मुख्यगरी हेपाइटाइटिस दुई खाले हुन्छन्, क्रोनिक र एक्यूट । हेपाटाइटिसको शुरुको अवस्थालाई एक्यूट भनिन्छ भने पुरानो समस्यालाई क्रोनिक भनिन्छ । हेपाटाइटिसको प्रारम्भिक अवस्था शुरुको तीन महिनासम्म रहन्छ ।

यसको छ महिनासम्म पनि उपचार नभएमा यसले क्रोनिक हेपाटाइटिसको रुप लिन्छ । धेरैजसो व्यक्तिहरुलाई यो समस्या भएको थाहा नै हुँदैन । यसकारण हेपटाइटिस भएको १५–२० वर्षपछि उपचारको लागि आउनुहुन्छ ।

यो कति प्रकारको हुन्छ ?

यो ‘ए’ ‘बी’ ‘सी,’ ‘डि,’ ‘ई’ गरी पाँच प्रकारको हुन्छ । ‘बि’ र ‘सी,’ भनेको एकदमै जटिल र खतराजनक समस्या हो । जुन दीर्घकालीन हुन्छ । यो क्रोनिक लिभिर डिजिज हो । ‘हेपटाइटिस सी’ भनेको ९९ प्रतिशत निको हुन्छ । ‘हेपटाईटिस बी’ भनेको गर्भवती आमाबाट बच्चामा जाने हो । ‘हेपाटाइटिस ए’ र ‘ई’ भनेको दीर्घकालीन नभएर क्षणिक हुन्छ । ‘डि’ खासै देखापरेको छैन ।

यो रोग लाग्ने मुख्य कारण के हो?

विभिन्न संक्रमणका कारणले कलेजो सुनिन्छ र हेपटाइटिस हुन्छ । जस्तैः धेरै मात्रामा औषधीहरुको सेवन गर्नु, फोहोर खानेकुरा र दुषित पानी सवेन गर्नु, आमाको गर्भबाटै शिशुमा सर्नु, विभिन्न विषाणुको संक्रमण, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् ।

यो रोग सर्ने माध्यमहरु के के हुन् त?

हेपाटाइटिस ‘ए’ र ‘ई’ फोहोर पानी, फोहोर खानेकुराबाट सर्ने गर्दछ, व्यक्तिबाट व्यक्तिमा भने सर्दैन । ‘हेपाटाइटिस बी’ र ‘सी’ एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । ‘हेपाटाइटिस बी’ र ‘सी’ संक्रमित व्यक्तिले अरुलाई रगत दिएको अवस्थामा रगतबाट सर्न सक्छ । अथवा शारीरिक सम्पर्कबाट पनि सर्न सक्छ । यदि आमा संक्रमित छ भने जन्मिँदा बच्चालाई पनि सर्न सक्ने सम्भावना हुन्छ । ‘हेपटाइटिस डि’ भने नेपालमा त्यति देखिएको छैन ।

यसमा कस्ता लक्षणहरु देखापर्छन् ?, यसको पहिचान कसरी गर्ने ?

हेपाटाइटिस पाँच प्रकारको भएपनि यसका लक्षणहरु भने सबै एकप्रकारका नै हुन्छन् । हेपाटाइटिस हुँदा मानिसलाई खान मन नलाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, हल्का ज्वरो आउन सक्ने र जन्डिस देखिने पनि हुन्छ । तर कसैकसैलाई लक्षण नै नदेखिने हुन्छ । हेपाटाइटिस बढ्दै गइसकेको अवस्था छ भने लिभर सिरोसिस हुन्छ वा कलेजोको क्यान्सर हुन्छ ।

शरीरको तौल बिस्तारै घट्दै जान्छ । कलेजोको वरपर दुख्नेजस्ता सामान्य लक्षण देखिन्छ । लिभर सिरोसिस भएको बिरामीमा जन्डिस देखा पर्न सक्छ । रगत जाँच गरेर तथा लक्षण पहिचान गरेर पनि हेपाटाइटिस भए वा नभएको थाहा पाउन सकिन्छ ।

यसको उपचार विधि कस्तो छ ?

‘हेपाटाइटिस बी’ को उपचार यही हो भनेर भन्न नसकिए पनि पौष्टिक खानपान, झोलिलो खानेकुरा र स्वस्थ्यकर आनीबानी अपनाउनुपर्दछ । ‘हेपाटाइटिस बी’बाट संक्रमित दीर्घरोगीहरूलाई इन्टरफेरोन, एन्टीभाइरल औषधीहरु प्रयोग गरिन्छ ।

अल्पविकसित देशहरूमा यो रोग पत्ता लाग्दा कलेजोको क्यान्सर भइसकेको पाइन्छ । जसले गर्दा रोग पहिचान गरेको केही महिनामै बिरामीको मृत्यु हुने गर्दछ । विकसित देशहरूमा अप्रेसन तथा केमोथेरापीबाट केही वर्ष बढी बाँच्न सक्ने उपचारहरु गरिन्छ । कहिलेकाहीँ कलेजो प्रत्यारोपणबाट नयाँ जीवन प्राप्त गर्न पनि सकिन्छ ।

कुन उमेर समूहका र कस्ता व्यक्तिहरुलाई यो रोगले च्याप्ने गर्छ ?

यो रोगले जुनसुकै उमेरका बिरामीहरुलाई पनि सताउन सक्छन् । विशेषगरी बालबालिका र गर्भवती महिलाहरुमा बढी जोखिम हुन्छ ।

हेपटाइटिस नामक रोग बच्चाहरुलाई लाग्ने रोग हो भन्ने हाम्रो आम बुझाइ छ, के यो रोग बाल्यअवस्थामा मात्रै लाग्ने रोग हो ?

सामान्यतया हेपटाइटिस रोग बच्चाहरुलाई लाग्ने रोग हो भनेर बुझिनुको कारण भनेको हाम्रो नेपाली समाजमा सबैभन्दा बढी देखिने भनेको ‘हेपटाइटिस बी’ हो । जुन बच्चाहरुलाई लाग्ने गर्छ । यसकारण यस्तो भनिएको हो ।

समयमै पहिचान र उपचार भएन भने के–कस्ता जटिलता निम्त्याउन सक्छ ?

रोगको समयमा पहिचान र उपचार गर्न सकिएन भने ज्यानै समेत जान सक्छ । यसको जतिसक्यो चाँडो निदान गर्नतर्फ लाग्नुपर्छ । यदि हेपाटाइटिसको शंका लागेमा तत्काल अस्पताल जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?