मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संस्कृति

विभिन्न जातजातिका मौलिक लोकबाजा (फोटो फिचर)

काठमाडौँ– नेपालमा बसोबास गर्ने मेचीपूर्वदेखि पश्चिम महाकालीसम्मका विभिन्न जातजातिका आ–आफ्नै मौलिक लोकबाजाहरु छन् ।

तीमध्ये कतिपय लोप भइसके भने कतिपय लोपोन्मुख अवस्थामा छन् । नेपालका अधिकांश लोपोन्मुख मौलिक लोकबाजाहरुलाई भने त्रिपुरेश्वरस्थित रहेको लोक बाजा सङ्ग्रहालयले सङ्ग्रहित गरेर राखेको छ ।

सङ्ग्रहालयमा हाल ६ सय ५७ थरीका लोकबाजाहरु रहेको सङ्ग्रहालयका संस्थापक तथा अध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिए ।

कँडेल लगायतको समूहको प्रयासमा संकलित सामग्रीलाई व्यवस्थान र प्रदर्शन गर्ने हेतुले २०५८ सालमा भद्रकालीमा कोठा भाडामा लिएर सङ्ग्रहालयको रुपमा शुरु गरिएको थियो ।

तत्कालीन मन्त्रिस्तरीय बैठकबाट अनुमोदन पाएर २०६४ सालमा भने गुठी संस्थानबीच सम्झौताअनुसार त्रिपुरेश्वर महादेव मन्दिर परिसरको सतलमा सङ्ग्रहालय सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?