काठमाडौँ – यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ ।
पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गएराती भएको खेलमा इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै रियलले उपाधि जितेको हो ।
पहिलो हाफमा रियललाई गोलरहित बराबरीमा एटालान्टाले दोस्रो हाफमा हार टार्न सकेन । रियलका लागि फेडरिक भेलभेर्डले र लिएन एमबाप्पेले एक–एक गोल गरे ।
५८औं मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गऊल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
केही समयअघि रियलमा अनुबन्ध भएका एमबाप्पेले रियलका लागि डेब्यु खेलमै गोल गर्का हुन् र उनले उपाधि बाट रियलमा यात्रा शुरु गरेका छन् ।
रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा पनि यूईएफए सुपर कपको उपाधि जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया