नागा बाबाहरू कपडा नै नलगाई अर्थात् निर्वस्त्र बनेर मन्दिर आसपासमा बसेका हुन्छन् । आफ्नो पूरा शरीरमा भस्म लगाएर घुमिरहेका हुन्छन् ।
तर, उनीहरू किन कपडा लगाउँदैनन् त ? यो कुरा धेरैलाई थाहा नहुन सक्छ, यहाँ हामी नागा बाबाहरूले किन कपडा लगाउँदैनन् भन्ने बारेमा चर्चा गर्दैछौं ।
नागा शब्दको अर्थ नाङ्गो भन्ने हुन्छ । नागा बाबाहरू पनि पूरा निर्वस्त्र हुन्छन् । उनीहरू उपासनामा स्वयंलाई लीन गराउँछन् । सांसारिक भोगविलासबाट उनीहरू टाढा रहन्छन् ।
कहाँ बस्छन् नागा बाबा ?
नागा बाबाहरू ठूलो महल नभएर स–सानो कुटी बनाएर बसेका हुन्छन् ।
के खान्छन् ?
नागा बाबाहरू तीर्थयात्रीहरूले दिएको खानेकुरालाई नै आफ्नो भोजन बनाएर खान्छन् । उनीहरूका लागि दैनिक भोजनको महत्त्व धेरै हुँदैन ।
यसकारण लगाउदैनन कपडा
नागा बाबाहरू कपडा शरीरको माया भएकाहरूले लगाउने हो भन्ने ठान्दछन् । कपडाको प्रयोग ज्यान जोगाउनेहरूले मात्र गर्ने हो भन्ने उनीहरू ठान्छन् । उनीहरूलाई शरीरको कुनै महत्त्व हुँदैन ।
उनीहरू हरेक समय ध्यानमै तल्लीन हुन्छन् । उनीहरूको विचार दृढ हुन्छ र उनीहरूले मौसममा ध्यान दिँदैनन् ।
के हो इतिहास ?
वेद व्यासले न संगठित रुपमा वनवासी, सन्यासी जस्ता परम्पराको शुरुवात गरेका थिए भन्ने मान्यता रहेको छ । त्यसपछि शुकदेव र अनेक ऋषि तथा सन्तले यस परम्परालाई आ-आफ्नो तरिकाबाट फरक आकार दिएको बताइन्छ ।
साथै पछि शंकराचार्यले ४ मठ स्थापना गरेर दसनामी सम्प्रदायको गठन गरेका थिए । साथै अखडाको परम्परा शुरु भएको थियो । जानकारी होस् कि, सबैभन्दा पहिलो अखडा अखण्ड आह्वान अखडा वर्ष ५४७ ई.मा बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया