काठमाडौँ – चर्चित अमेरिकी रक ब्यान्ड एरोस्मिथले साङ्गीतिक यात्राबाट सन्न्यासको घोषणा गरेको छ । स्टार फ्रन्टम्यान स्टिभन टाइलरको घाँटीमा चोट लागेको भन्दै ब्यान्डले शुक्रबार सो निर्णय लिएको हो ।
ब्यान्डले आफ्नो वेबसाइटमा जारी विज्ञप्ति अनुसार उनको भोकल कर्डको चोट पूर्णरुपमा निको हुन सम्भव छैन । त्यसैले टुरिङ स्टेजबाट सन्न्यास लिने, निर्णय लिएको विज्ञप्तीमा उल्लेख छ ।
यस साङ्गीतिक यात्रामा ब्यान्डले अमेरिका क्यानडाका विभिन्न सहरको यात्रा गर्ने तालिका रहेको थियो । सन् २०२३ को मेमा यो साङ्गीतिक यात्रा शुरु गरेको एरोस्मिथले टाइलरको घाँटीमा चोट लागेपछि मात्र तीनवटा शोपछि यसलाई रोकेको थियो ।
सन् १९७० मा बोस्टनमा स्थापना भएको यो व्याण्डमा टाइलरसहित जो पेर्री, टम ह्यामिल्टन, जोई क्रामर र ब्राड ह्वीटफोर्ड रहेका छन् ।
एन्जेल, जेनी गट अ गन, लिभिन अन दि एज, क्राइन, क्रेजी, आई डन्ट वाना मिस अ थिङलगायत ब्यान्डका गीतहरू अझै पनि रुचाइन्छन् । ब्यान्डले विश्वभर १५ करोडभन्दा बढी एल्बम बिक्री गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया