मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन हुन्छ टाइफाइड ? यस्तो छ लक्षण र बच्ने उपाय

कलेजोको कमजोरीले निम्त्याउने टाइफाइड एक सङ्क्रामक रोग हो ।

टाइफाइड हुँदा शरीरमा ज्वरो आउँछ र शरीर दुख्न थाल्छ । टाइफाइड शरीरमा सङ्क्रमणको कारणले हुन्छ । यसले बिस्तारै कलेजोमा नोक्सान पुर्‍याउँछ र पुरै शरीरलाई असर गर्दछ ।

टाइफाइडको लक्षण
– अचानक ज्वरो आउनु
– बान्ता हुनु
– पेट तथा टाउको दुख्नु
– कब्जियत हुनु
– कमजोरी महसुस हुनु
– अत्यधिक पसिना आउनु
– टाउकोमा चिसो महसुस हुनु

टाइफाइड हुने कारण
– फोहोर एवम् दूषित पानीको सेवन
– फोहोर पानीले नुहाउनु
– दूषित पानीले खाना बनाउनु/पकाउनु
– दूषित पानीले फल एवम् तरकारी धुनु
– टाइफाइडग्रस्त व्यक्तिसँग संसर्ग गर्नु

टाइफाइडबाट बच्ने उपाय
१. पानीलाई राम्ररी उमालेर चिसो भएपछि मात्र पिउने
२. सधैँ स्वच्छ पानी मात्र पिउने
३. खाना खानुअघि राम्ररी हात धुने
३. जतिसक्दो, ताजा र पौष्टिक आहारा लिने
४. तारेको, भुटेको खानेकुरा नखाने
५. टाइफाइडग्रस्त मानिसको संसर्ग नगर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?