मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँको पनि मोबाइल सिरानीमा राखेर सुत्ने बानी छ ? हुन्छ यस्तो खतरा

अहिले मानव जीवनको अभिन्न अङ्ग नै बनिसकेको छ मोबाइल फोन । भर्खर जन्मिएका दुधे बालकदेखि चौरासी गरिसकेका बा–आमाको हातमा समेत मोबाइल नै हुन्छ ।

पछिल्लो पुस्तामा त झन् मोबाइलको लत नै छ । मोबाइलको प्रयोग बिना अन्य कुनै काम नगर्ने बानी बसेको छ । पूजाआजा होस् वा शौचालय जाँदा होस् मोबाइलको प्रयोग भएकै हुन्छ ।

एक छिन हातमा मोबाइल भएन भने मान्छे छटपटाउन थाल्ने अवस्था आइसकेको छ । तर यसरी हरेक समय मोबाइलमा झुण्डिरहने मानिलाई जुनसुकै बेला मोबाइलले असर पुर्‍याउन सक्छ ।

खासगरी मोबाइलबाट निस्कने एक प्रकारको विकिरणले मानिसको प्रजनन क्षमतादेखि स्वास्थ्यमा समेत असर पुर्‍याउने गर्दछ । चिकित्सकका अनुसार राति मोबाइल फोन सँगै लिएर सुत्ने मानिसमा यसले अझ बढी नकारात्मक असर पार्छ । अहिलेको नयाँ प्रविधिमा आएका स्मार्टफोनबाट दर्जनौँ खतरा हुने भएकाले राति सुत्दा मोबाइल सिरानीमा राख्न नहुने चिकित्सकहरू सल्लाह दिन्छन् ।

मोबाइलको ब्याट्री बाट सय भन्दा बढी विषालु ग्याँस निस्कने अनुसन्धानले पत्ता लगाएको छ । ब्याट्रीबाट लिथियम–आयन कार्बोन मोनोअक्साइड लगायतका अन्य निस्कने ग्यासले आँखा, छाला तथा नाकमा जलन पैदा गर्ने र कालान्तरमा यसले मानिसलाई रोगि समेत बनाउन सक्ने बताइएको छ ।

अहिलेका पुस्ताले स्मार्टफोनलाई आवश्यकता भन्दा बढी मात्रामा प्रयोग गर्ने भएकाले मोबाइल तात्ने तथा चार्जर लगायतका समेत समस्या आउने गर्दछ । धेरैजसो मानिस राती सुत्दा आफ्नो मोबाइल फोन नजिकै राख्न रुचाउँछन् । मोबाइल फोनलाई सिरानीको छेउमा वा तल पट्टि राख्छन् । प्राय मानिस राती अबेरसम्म फोन प्रयोग गर्छन् र त्यसपछि नजिकै राखेर सुत्छन् ।

तर तपाईँलाई थाहा छ मोबाइल नजिक राख्दाको असर स्वास्थ्यका लागि कति खतरनाक हुन सक्छ ? धेरैलाई बिहानै टाउको दुख्ने, आँखा दुख्ने समस्या हुन सक्छ ।

मोबाइल फोनमा हानिकारक विकिरण हुन्छन् जुन लगातार उत्सर्जित हुन्छन् । यसको प्रभावले टाउको दुख्ने, मांसपेशी दुख्ने र अन्य धेरै स्वास्थ्य सम्बन्धी समस्या हुन सक्छन् । यसले मानिसको मस्तिष्कमा समेत हानी पुर्‍याउँछ । फोनबाट निस्कने निलो बत्तीले निद्राको हर्मोनमा असर गर्छ ।

यसलाई मेलाटोनिक भनिन्छ । यसले शरीरको घडीमा बाधा पुर्‍याउँछ, जसले गर्दा सुत्न गाह्रो हुन्छ । यसकारण मोबाइल फोनलाई आफ्नो ओछ्यानबाट कम्तीमा तीन फिट टाढा राखेर सुत्दा खतरनाक विकिरणबाट बच्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले मोबाइल फोनबाट निस्कने आरएफ विकिरणले मस्तिष्कको क्यान्सर समेत हुन सक्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?