मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चुम्बन गर्नुअघि ध्यान दिनुहोस् नत्र लाग्नसक्छ यस्ता रोग

मायालाई परिभाषित गर्दा चुम्बनलाई पर्यावाची झै मानिन्छ । विशेषगरी प्रेमलाई प्रष्ट्याउन वा प्रेमको निशानीका रुपमा चुम्बनलाई मान्ने गरिन्छ ।

चुम्बनले मानसिक स्थीरताका साथै शारीरिक सामिप्यता समेत बढाउँछ । तर चुम्बन गर्ने हरेक पटक माया साट्ने विकल्प मात्र नभई रोग भित्र्याउने कारण पनि बन्न सक्छ । तसर्थ चुम्बन गर्दा यसबाट हुने खतराबारे जानि राख्नु उचित हुन्छ ।

रुघाखोकी

रुघाखोकी चुम्बनबाट सर्ने रोगमा सबैभन्दा अघि आउँछ । रुखाखोकी भएका ब्यक्तिलाई चुम्बन गर्दा र्याल अर्को ब्यक्तिको मुखमा पर्ने भएकाले यो रोग सर्ने खतरा हुन्छ । तसर्थ रुघा लागेको बेला आफ्नो पार्टनरलाई चुम्बन नगर्नु बेस हुन्छ ।

फोका/ठेउला

केही मानिसमा ओठमा फोका वा ठेउला आउने गर्दछ । तर ओठमा फोका वा ठेउला आएको बेला पार्टनरलाई चुम्बन नगर्नु बेश हुन्छ । अन्यथा उक्त फोका वा ठेउला सर्ने जोखिम हुन्छ ।

खटिरा

यदि कोही मानिसको मुखमा खटिरा आएको छ भने त्यसबेला उक्त मानिसलाइ चुम्बन गरेमा पनि खटिरा सर्न सक्छ । खटिरा आफैमा सरुवा रोग भएकाले चुम्बन गर्दा होस् वा यौन सम्पर्क गर्दा पार्टनरमा सर्ने सम्भावना हुन्छ ।

श्वासप्रश्वास सम्बन्धी रोग

श्वासप्रश्वास सम्बन्धी समस्या वा रोग भएका ब्यक्तिलाई चुम्बन गर्दा पार्टनरमा पनि यो रोग सर्न सक्छ । अर्थात ज्वरो, दादुरा, फोक्सो सम्बन्धी रोग भएका ब्यक्तिलाई चुम्बन गरेमा पार्टनरमा यि रोग सर्ने उच्च खतरा हुन्छ ।

मुख वा गिजासम्बन्धी रोग

यदि कोहि मानिसमा मुख वा गिजामा कुनै संक्रमण वा रोग छ भने चुम्बनको माध्यमबाट यो रोग सर्ने गर्दछ । कतिपय अवस्थामा चुम्बनले जिब्रोको समेत रोग हुने खतरा बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?