मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘अभिलाषाका झारहरू’ विमोचन

काठमाडौँ– कवि राजेन्द्र ओझा ‘नयन’को कवितासङ्ग्रह ‘अभिलाषाका झारहरू’ विमोचन भएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा शनिवार भएको कार्यक्रममा कवि ‘नयन’ सँगै प्रतिष्ठानका कुलपति भूपाल राई लगायतकाले कवितासङ्ग्रहको लोकार्पण गरेका हुन् । ‘नयन’को यो पहिलो साहित्यिक कृति हो ।

प्रतिष्ठान संस्कृति निर्माण गर्ने प्राज्ञिक थलो भएकाले साहित्यकार र लेखक माझ मात्र नभइ स्कुल,क्याम्पस र विश्वविद्यालयसामू प्रतिष्ठान परिचित हुनुपर्नेमा जोड दिँदै कुलपति राईले कवि तथा साहित्यकारहरू खास भ्रष्टाचारी नभएको उल्लेख गरे । उनले नयनको कवितासङ्ग्रह सरल र सहज रहेको समेत बताए ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले कृतिमा भएका कविताहरू सरल र मौलिक शैलीमा रचना भएको सुनाइन् ।

उनका अनुसार कतिपय कवितामा वर्गीय विभेद, प्रेम र अध्यात्म जनाउने भाव छन् ।
पुस्तकमाथि समालोचक महेश पौडेलले कवि नयनमा कवित्वको प्रचुर सम्भावना रहेको सुनाउँदै कवितामा दार्शनिक प्रभाव समेत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?