मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

चितवन – चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई रु दुई करोड दुई लाख १७ हजार सात सय दुई राहत प्रदान गरिएको छ । निकुञ्जले आठ सय १३ वटा घटनाका प्रभावितलाई सो रकम वितरण गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षको विभिन्न समयमा वन्यजन्तुले पु¥याएको क्षतिको मूल्याङ्कन गरी राहत रकम वितरण गरिएको हो । उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई रु एक करोड राहत रकम हस्तान्तरण गरिएको छ । यस्तै गम्भीर घाइते भएका २४ जनाको परिवारलाई रु ३२ लाख ४४ हजार एक सय ७४ र सामान्य घाइते भएका २३ जनाको परिवारलाई रु दुई लाख ४५ हजार चार सय ६८ हस्तान्तरण गरिएको छ ।

उनका अनुसार वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन् । उनीहरुमध्ये हात्तीको आक्रमणबाट १३ जना, गैँडाको आक्रमणबाट २० जना, बाघको आक्रमणबाट सात जना, भालुको आक्रमणबाट पाँच जना, बँदेलको आक्रमणबाट एक जना र गौरीगाईंको आक्रमणबाट एक जना घाइते भएका थिए ।

यसैगरी गैँडाको आक्रमणबाट पाँच जना, बाघको आक्रमणबाट तीन जना र मगर गोहीको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले बताए । गत आवमा एक सय ८७ वटा पशु धनमा जनावरका कारण क्षति पुगेको छ । त्यसका लागि रु २४ लाख ९१ हजार सात सय १० राहत रकम प्रदान गरिएको छ ।

भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र सोवापत रु ९१ हजार राहत बुझाइएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । वन्यजन्तुले ३३ वटा घरगोठमा क्षति पु¥याएको उनले बताए। घरगोठ क्षतिवापत रु पाँच लाख ३५ हजार नौ सय ७५ राहत वितरण गरिएको छ । अन्नबालीमा पाँच सय २४ पटक क्षति भएको र रु ३६ लाख नौ हजार तीन सय ७५ राहत रकम हस्तान्तरण गरिएको तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?