मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जुनू घिमिरेकाे कवितासङ्ग्रह ‘प्रदीप्त मन’ सार्वजनिक

काठमाडाैँ- जुनू घिमिरेकाे कवितासङ्ग्रह ‘प्रदीप्त मन’ सार्वजनिक भएकाे छ ।

शनिबार काठमाडौंमा आयाेजित एक कार्यक्रमकामा कवि तथा नाटककार अशेष मल्ल, कवि डा‍. नवराज लम्साल, कवि, समालोचक शैलेन्दुप्रकाश नेपाल र छन्दकवि डा देवी नेपालले संयुक्त रुपमा कवितासङ्ग्रहकाे लाेकार्पण गरेका हुन् ।

कृतिबारे बाेल्दै कवि तथा नाटककार मल्लले घिमिरेकाे कवितामा समयकाे स्वर रहेकाे बताउँदै उनका कविता सरल र वाेधगम्य भएकाे बताए।

पुस्तकमाथि आफ्नाे धारणा राख्दै कवि तथा गीतकार लम्सालले भने, ‘घिमिरेकाे कविता कचपल्टेका छैनन् र अर्थबाेधकाे हैरानी पनि छैन । राम्राे बनाउने नाममा अस्पष्टता र क्लिष्टता पनि छैन ।’

समीक्षक शैलेन्दुप्रकाश नेपालले, घिमिरेले इमानदारीपूर्वक शब्द समायाेजनकाे पक्ष सुन्दर रहेकाे बताए । यसै गरि अर्का समीक्षक डा. देवी नेपालले सकारात्मक साेच नै घिमिरेका कविताको विशेषता रहेकाे बताउँदै कविताकाे उठान र अन्त्य अझै सशक्त रहेकाे सुनाए ।

कार्यक्रम कविहरू निर्जाला लम्साल, रचना दहाल र सुशील शर्माले प्रदीप्त मन भित्रबाट केही कविताहरू वाचन गरेका थिए । कार्यक्रममा चाँगुनारायण सहित्यिक समाजका अध्यक्ष लालबाहदुर भुजेल, भक्तपुर बुढ्याैली साहित्य समाजका अध्यक्ष कविराज घिमिरे, प्राज्ञ पुरू लम्साल, डा. देवी क्षेत्री दुलाल, डा. सीता सुवेदी, डा. अशाेक थापा सहप्राध्यापक नेत्रप्रसाद न्याैपाने लगायत कवि साहित्यकारहरूकाे उपस्थिति रहेकाे थियो ।

कवितासङ्ग्रहलाई जुपिटर पब्लिकेसन्सले बजारमा ल्याएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?