मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्लफ्रेन्ड सम्बन्धी केही रोचक जानकारी

विश्वका कैयौँ देश विचित्र–विचित्रका कानुन छन् । यी देशका कानुन रोचक मात्र छैनन् यसका बारेमा थाहा पाएपछि मानिस आश्चर्यमासमेत पर्दछ । प्रेमिका बनाउने विषयमा विश्वमा भएका केही रोचक कानुन यस्ता छन् ।

– पाकिस्तानमा गर्लफ्रेन्ड बनाउन पाइँदैन

पाकिस्तानमा एक यस्तो कानुन छ जस अनुसार कुनै पनि युवकले गर्लफ्रेन्ड बनाउन पाउँदैनन् ।

– गर्लफ्रेन्डका साथ समातिए जेल

पाकिस्तानमा यदि कुनै केटा आफ्नी प्रेमिकाका साथ समातिए उसलाई जेल हुने कानुन छ । पाकिस्तानमा कुनै पनि केटाले कुनै केटीका साथ खुलेआम मित्रता गर्न सक्दैनन् । पाकिस्तानमै कठोर कानुन अनुसार केटा र केटीले विवाह पहिले एकसाथ बस्न पाउँदैनन् ।

– गर्लफ्रेन्डलाई अँगालो मार्न पाइँदैन

पाकिस्तान जस्तै संयुक्त अरब इमिरेट्स (युएई) मा पनि प्रेमिकाका विषयमा अनौठो कानुन छ । यहाँ कुनै पनि युवक खुलेआम आफ्नी प्रेमिकाको हात समात्न मात्र होइन सार्वजनिक स्थानमा प्रेमिकासङ भेटिए कारबाही हुन्छ । त्यति मात्र होइन युएईमा प्रेमी प्रेमीकालाई अकंमाल गर्न समेत मनाही छ ।

– भाडामा पाइन्छ गर्लफ्रेन्ड

छिमेकी राष्ट्र चीनमा भाडामा प्रेमिका बनाउन पाइन्छ । यस्तै चीनको गुआंडोंगमा सुन्दर र जवान युवतीलाई कुनै पनि पुरुषले मन पराउन र प्रेमिका बनाउन पाइन्छ ।

– सहमति बिना प्रेमिकाको हात समाउन मनाही

चीनमा भाडामा प्रेमिका पाइए पनि उनको सहमति बिना हात समाउन मनाही छ । जबसम्म युवतीले अनुमति दिन्नन् तबसम्म उनलाई छुन पनि मनाही छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?