मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेवाको बोक्रा छालाको लागि फाइदाजनक, यसरी प्रयोग गर्नुहोस्

काठमाडौँ  – तपाईले मेवा खाएपछि बोक्रा फाल्नु हुन्छ भने यो खबर तपाईको लागि हो । अब तपाईं आफ्नो अनुहार चम्किलो बनाउन यसको बोक्रा प्रयोग गर्न सक्नुहुन्छ।

आफ्नो अनुहार सुन्दर बनाउन मेवाको बोक्रा प्रयोग गर्न सक्नुहुन्छ। धेरैजसो मानिसले मेवा खाएपछि बोक्रा फाल्छन् तर यसको बोक्रा प्रयोग गरेर आफ्नो छालालाई चम्किलो बनाउन सकिन्छ ।

मेवाको बोक्रामा प्राकृतिक इन्जाइम हुन्छ, जसले छालाको मृत छाला हटाउन मद्दत गर्छ र छालालाई नरम बनाउँछ।

तपाईं मेवाको बोक्रा भित्री भागलाई १५ मिनेटसम्म अनुहारमा रगड्न सक्नुहुन्छ। यसो गर्दा अनुहारको कालोपन हट्छ ।

मेवाको बोक्रालाई पिसेर त्यसमा मह, दही र एलोभेरा जेल मिसाएर पेस्ट बनाउनुहोस्। यो पेस्ट अनुहारमा १५ मिनेटसम्म लगाउनुहोस्, त्यसपछि सफा पानीले धुनुहोस्।

यो फेसप्याक प्रयोग गरेर तपाईंले आफ्नो अनुहारको चाउरीपना कम गर्न सक्नुहुन्छ। यति मात्र होइन, मेवाको बोक्राले ब्ल्याकहेड्स कम गर्न पनि मद्दत गर्छ ।

यो फेस प्याक प्रयोग गर्नु अघि, प्याच टेस्ट गर्नुहोस्, किनभने केहि मानिसहरूलाई यसको एलर्जी हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?