काठमाडौँ– आजकल जोकोही पनि आफूलाई पातलो, आकर्षक र फीट बन्न चाहान्छन् । त्यसको लागि अधिकांशले डाइटिङ, शारीरिक व्यायामलगायत विभिन्न क्रियाकलाप अपनाउने गर्छन् ।
यदि तपाई पनि पातलो र स्लीम बन्न चाहानुहुन्छ ? यदि चाहानुहुन्छ भने तपाईले स्वस्थ रुटिनको पालना गर्नुपर्छ । यहाँ हामी तपाईलाई केही महत्वपूर्ण टिप्सको बारेमा जानकारी दिन्छौँ । जसलाई तपाईले आफ्नौ दैनिक जीवनशैलीमा अपनाउन सक्नुहुन्छ ।
१ शारीरिक व्यायाम
सधैँ चाँडै उठेर कम्तिमा पनि ३० देखि ४५ मिनेट शारीरिक व्यायाम गर्नुहोला । तपाइले दैनिक दौड, योग, गहिरो श्वासप्रश्वासको व्यायाम गर्न सक्नुहुन्छ ।
२ समयमा खानपान
बिहानको नास्ता निश्चित समयमा गर्नुपर्छ । जसमा प्रोटिन र फाइबरयुक्त आहारको पनि प्रयोग गर्नुहोस् ।
३, पानी पिउने
दैनिक रुपमा नियमित अन्तरालमा पानी पिउनुपर्छ । कम्तिमा पनि दैनिक ८ देखि १० गिलाससम्म पानी पिउनु पर्छ ।
४, फलफूल र हरिया तरकारीको सेवन
तपाईले आफ्नो खानेकुरामा फलफूल र हरियो सागपातको सहभागी गराउनु पर्छ । जसमा कम क्यालोरी र प्रोटिनयुक्त हुन्छ ।
५, सन्तुलित भोजन
मीठो र तेल धेरै हुने खानेकुराको सेवन कम मात्रै गर्नुपर्छ । यसमा उचित प्रोटिन, कार्बोहाइड्रेट र फ्याटको सहभागी गराउनु पर्छ ।
६ रातीको भोजन
रातीको भोजन हल्का हुनुपर्छ । साथै खाना खाए पछि धेरैमा दुई घण्टा आरामा लिनुपर्छ ।
७, नियमित व्यायाम
एक हप्तामा कम्तिमा पनि ५ दिन व्यायाम गर्नुपर्छ । जस्तै काम गर्ने, दौडने, जिम जाने या योगा गर्ने । यस तरिकाले तपाई सधैँ स्वस्थ, पातलो र फिट रहन सक्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया