काठमाडौँ– कोरियोग्राफर एवं निर्देशक शिव बिकको ‘परदेशी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीत भिडिओको सर्जक तथा गायक प्रकाश पराजुलीको अफिसियल युट्युबमा सार्वजनिक गरिएको हो ।
गीतमा शान्तिश्री परियार र प्रकाश पराजुलीको स्वर छ। प्रकाशकै संगीत रहेको गीतका शब्द पनि उनकै हुन्।
गीतको म्युजिक भिडिओमा अमेरिकामै रहेकी मोडल रञ्जिता गुरूङ र हरी घिमिरेले अभिनय गरेका छन्।
म्युजिक भिडिओमा एक समय निकै चलेकी मोडल रञ्जिता पनि दुई वर्षअघि अमेरिका गएकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया