मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ईलाम सांगीतिक सम्मान कार्यक्रम २०८१’ कार्यक्रम सम्पन्न

ईलाम– ईलाम कलाकार समाज काठमाडौँकाे आयाेजनामा ‘ईलाम सांगीतिक सम्मान कार्यक्रम २०८१’ कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको राष्ट्रिय नाचघर जमलमा शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

ईलाम जिल्लाभर रहेका प्रवासी तथा आप्रवासी कलाकारहरुलाई एकवद्ध गरि ईलामको कला प्रवर्धन तथा संरक्षण गर्ने हेतुले सो कार्यक्रम आयोजना गरेको हो ।

२०८० स्थापना भएको संस्थाले पहिलो पटक सम्मान कार्यक्रमको आयोजना गरेको हो । संस्थाका अध्यक्ष रमेश बोखिम राइको अध्यक्षता तथा पुर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल प्रमुख अतिथिमा सम्पन्न सो कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरेको जनाइएको छ ।

कार्यक्रमबाट दिर्घ साधना सम्मान २०८१ द्वारा गायक तथा गीतकार कोमल निरौलालाई सम्मान गरेको छ । त्यसैगरी युवा प्रतिभा सम्मान २०८१– कोरियोग्राफर, निर्देशक जेडी तमू सम्मानित भएका छन् ।

प्रवासमा बसी नेपाली गीत संगीतको जगेर्ना गर्दै आएका गायक गणेश पराजुली र नेपाली आधुनिक गीत संगीत जगतमा वर्षभरिमा उत्कृष्ट पुरस्कारद्वारा सम्मानित गीतकार दावा तामाङलाइ पनि उच्च सम्मान गरिएको संस्थाले जनाएको छ ।

त्यसैगरी नेपाली कला तथा साहित्य जगतमा जीवनभर डटेर लागिपर्ने र नेपाली कला साहित्य जगतको धरोहर थुप्रै नयाँ तथा पुराना श्रष्टाहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको छ । ईलाम गुरुङ समाज काठमाडौँको तर्फबाट गुरुङ संस्कृतिमा आधारित कौरा नृत्यद्वारा कार्यक्रमलाई स्वागत गरिएको छ ।

कार्यक्रमबाट भोइस अफ नेपाल सिजन ५ का विजेता बिनोद राई लगायत ईलामका विभिन्न पुराना तथा नवकलाकारहरुको विशेष गायन तथा नृत्यकलामार्फत कार्यक्रमलाई सजाइएको छ । कार्यक्रमलाई सोही संस्थाका सचिव थिराज राईले संयोजन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?