काठमाडौँ- भनिन्छ पिरो खाना स्वादिष्ट हुँदैन । तर के तपाईँलाई त्यही पिरो बनाउने हरियो खुर्सानीका फाइदाहरूको बारेमा थाहा छ ? यदि छैन भने आज हामी तपाईँलाई त्यसका अनगिन्ती फाइदाका बारेमा जानकारी दिनेछौँ ।
हरियो खुर्सानीमा आइरनको साथै एन्टी अक्सिडेन्ट्स प्रोपर्टीज पनि पाइन्छ । यसले शरीरका कोशिकाहरूलाई बुढो बन्नबाट रोक्छ ।
विज्ञकाअनुसार हरियो खुर्सानीमा फाइटो न्यूट्रिएन्ट्स पाइन्छ । यो फाइटो न्यूट्रिएन्ट्सले हाम्रो छालाको दाग हटाउँछ । साथै त्यसमा चमक ल्याउँछ ।
यसले शरीरमा ब्लड सर्कुलेशनलाई तीव्र बनाउँछ । साथै यसमा पाइने क्योटीनले आँखाको ज्योति बढाउन सहयोग गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया