तपाई हाम्रो घरमा कुनै पनि धार्मिक कार्य हुँदा अनिवार्य रूपमा बन्ने प्रसाद हो पञ्चामृत । पञ्चामृत गाईको दूध, दही, घिउ, मह र सखर पाँच चिजहरू मिलाएर बनाइने एक प्रकारको पेय पदार्थ हो ।
हिन्दु धर्ममा पूजा पाठको समयमा पञ्चामृतको धेरै प्रयोग हुन्छ । पूजा पाठ को समयमा भगवानलाई पञ्चामृत चढाएर पिउने गरिन्छ ।
गाईको दूध, गाईको दही, गाईको घिउ र महको मिश्रणद्वारा बनाइने पञ्चामृतले रोग निवारण गर्दछ । आज हामी पञ्चामृतले दिने स्वास्थ्य लाभका विषयमा जानकारी गराउँछौ ।
पञ्चामृत पाँच चीज मिसाएर बनाइन्छ । यो बनाउन घ्यूको प्रयोग हुन्छ । घ्यूमा एन्टीअक्सीडेन्ट गुण पाइन्छ । यसमा भिटामिन ‘ए’ र ‘ई’को राम्रो मात्रा पाइन्छ ।
पञ्चामृत बनाउन मह पनि राखिन्छ । मह पाचन प्रणालीका लागि राम्रो हुन्छ । यसले कब्जियत र अपच जस्तो समस्याबाट बचाउँछ ।पञ्चामृतमा मिस्री वा सखरको प्रयोग गरिन्छ ।
यसले शरीरमा ऊर्जा ल्याउने काम गर्छ । यस्तै पञ्चामृत बनाउन प्रयोग हुने दहीमा गुड ब्याक्टेरिया हुन्छन्, जसले आन्द्राको स्वास्थ्यलाई राम्रो बनाउँछन् ।
पञ्चामृत पिउँदा अनुहारमा प्राकृतिक चमक आउँछ । साथमा ड्यामेज भएको छालालाई सही पनि बनाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया