धूम्रपान स्वास्थ्यका लागी हानिकारक चीज हो भन्ने कुरा थाहा हुँदा हुँदै पनि मानिसहरू यसको सेवन गर्न छोड्दैनन् । मुख धूम्रपानले सबैभन्दा पहिले असर गर्ने अङ्ग हो ।
लगातार धूम्रपान गर्नाले दाँत, गिजा र गालामा समस्या निम्त्याउँछ । सुर्तीजन्य पदार्थमा हुने हानिकारक रसायनले दाँत र मुख स्वास्थ्य बिगार्दै लैजान्छ । निरन्तर धूम्रपान गर्दा दाँत, गिजा र मुखमा निकै असर देखिन्छ ।
धूम्रपान गर्ने व्यक्तिहरूमा यस्तो समस्या देखिन्छ
धूम्रपान स्वास्थ्यका लागी हानिकारक चीज हो भन्ने कुरा थाहा हुँदा हुँदै पनि मानिसहरू यसको सेवन गर्न छोड्दैनन् । मुख धूम्रपानले सबैभन्दा पहिले असर गर्ने अङ्ग हो । लगातार धूम्रपान गर्नाले दाँत, गिजा र गालामा समस्या निम्त्याउँछ । सुर्तीजन्य पदार्थमा हुने हानिकारक रसायनले दाँत र मुख स्वास्थ्य बिगार्दै लैजान्छ । निरन्तर धूम्रपान गर्दा दाँत, गिजा र मुखमा निकै असर देखिन्छ ।
धूम्रपान गर्ने व्यक्तिहरूमा यस्तो समस्या देखिन्छ
दाँत कीराले खानु
दैनिक रूपमा हाम्रो मुखमा एकदेखि डेढ लिटरसम्म थुक निस्किने गर्छ । मुखबाट निस्किने रसले नै खान चपाउन मद्दत गर्छ । र, मुखलाई पनि प्राकृतिक रूपमा सफा राख्छ । धूम्रपान गर्दा ती थुकको उत्पादनमा कमी हुन्छ र मुख सुक्खा हुन्छ । मुख सुक्खा भयो भने दाँतमा कीरा लाग्ने सम्भावना धेरे हुन्छ ।
गिजामा समस्या देखिनु
चुरोटले गर्ने हानि दाँतसँग मात्रा सीमित रहँदैन । यसमा हुने निकोटिन र तारले बिस्तारै गिजामा पनि समस्या ल्याउँछ । किनकि गिजामा समस्या ल्याउने प्रमुख कारण त्यहाँ हानिकारक कीटाणु अत्यधिक फैलिनु हो, जुन धूम्रपान गर्दा निस्कने रसायनले गर्दा मुख सुक्खा भई फोहोर हुने र ब्याक्टेरियाले बिस्तारै गिजामा सङ्क्रमण गरी दुख्ने, रगत आउने, पाक्ने र सुन्निने हुनसक्छ । गिजाको समस्या बिस्तारै जटिल हुँदै बढ्दै जान सक्छ । सङ्क्रमणका कारण समस्या बढ्दै गएपछि दाँत नै हल्लिने र झर्ने समेत हुन्छ ।
सास गन्हाउने
धूम्रपानका पदार्थ आफैँ दुर्गन्धित हुन्छ । त्यसमाथि चुरोटको धुवाँ तथा रसायनले मुख सुक्खा पार्छ । यसले गिजामा सङ्क्रमण भई रगत अनि पीप पनि आउन सक्छ । जसकारण सास गन्हाउन थाल्छ । सास गन्हाउने मात्र होइन, बिस्तारै खानेकुराको स्वादको क्षमता पनि घटाउँदै लैजान्छ ।
मुखमा घाउ आउनु
धूम्रपानले रक्त सञ्चार कम गराई अक्सिजनको प्रवाह कम गर्ने हुँदा रोगसँग लड्ने प्रतिरक्षालाई कमजोर पार्छ । जसकारण मुख घाउ वा गिजामा सङ्क्रमण भएमा छिटो निको हुन सक्दैन । कहिलेकाहीँ धूम्रपानका कारण मुख र तालुमा सानो–सानो फोकाहरू पनि आउन सक्छ ।
दाँतमा दाग बस्नु
जो व्यक्ति चुरोट अत्यधिक पिउँछन् धुवाँ र त्यसमा हुने अन्य रसायनले उनीहरूको दाँतमा दागहरू बस्दै जान्छ । सौन्दर्य पनि बिगारिदिन्छ ।
हड्डी कमजोर हुँदै जानु
निकोटिनले हड्डीमा खनिजको मात्रा कम गर्छ । खनिजले नै दाँतलाई बलियो र स्वस्थ बनाइराखेको हुन्छ । हड्डी कमजोर हुँदै गएमा दाँतले ठाउँ छोड्दै जान्छ । र दाँत फाटिँदै गई वयस्क उमेरमै झर्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया