काठमाडौँ – डोल्पामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने भएको छ।
बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो। चोया डिजिटल सोलुसनको आयोजनामा फेस्टिभल हुन लागेको बताइएको छ।
आयोजकका अनुसार भदौ २ गतेदेखि ५ गतेसम्म ‘गाउँ गाउँमा नेपाली सिनेमा, गाउँ गाउँमा पर्यटक’ भन्ने नारासहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो।
फिल्म फेस्टिभलमा नेपाली सिनेमासँगै केही विदेशी सिनेमाहरू समेत प्रदर्शन गरिनेछ । स्थानीय कला संस्कृतिको प्रवर्धनसँगै पर्यटन प्रवर्द्धनको लागि समेत यो कार्यक्रमले सहयोग पुर्याउने आयोजकको विश्वास छ ।
यस्ता कार्यक्रमले कर्णाली प्रदेशका आम नागरिकको जीवनमा पनि आर्थिक उपार्जनका लागि माध्यम बन्ने आयोजक चोया डिजिटल सोलुसन प्रा.लि. का अध्यक्ष राजकुमार सिलवालले बताए।
उनीहरूले कर्णाली प्रदेश चलचित्र छायांकनका लागि सही र महत्त्वपूर्ण गन्तव्य रहेको भन्दै प्रचारप्रसारको कमी भएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया