काठमाडौँ– कमेडियन सन्दीप क्षेत्रीले फरक खालको कार्यक्रम ‘लाफ्टर फर लाइफ विथ सन्दीप क्षेत्री’ गर्ने भएका छन् । यही शुक्रबारदेखि सुरु हुने यो हास्य कार्यक्रम ललितपुरको झम्सिखेलमा अवस्थित मोक्ष बारमा महिनैपिच्छे हुन लागेको हो।
यो उनको फरक कार्यक्रम हो । हरेक शोमा फरक व्यक्ति आउने यस कार्यक्रम प्रत्येक महिनाको एकदिन आउने जनाइएको छ । आगामी शुक्रबार यस कार्यक्रममा फिटनेश व्यक्ति आउने जनाइएको छ ।
बेलुका ६ बजेदेखि सुरू हुने कार्यक्रममा सन्दीप ह्याप्पी ब्याण्डका साथ प्रस्तुत हुनेछन्। र, उनले आमन्त्रित पेशा व्यवसायका व्यक्तिसँग सम्बन्धित हाँस्य सामग्री पस्किनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया