कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा पुस्तकको प्रदर्शनी शुरु भएकाे छ ।
प्रतिष्ठानका कुलपति भूपाल राईले ४१ ओैँ प्राज्ञसभाको सन्दर्भमा आइतवार पुस्तक प्रदर्शनीको समुद्घाटन गरेका हुन् ।
पुस्तक प्रदर्शनीमा नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र आदिका पुस्तकहरू बिक्रीका लागि राखिएको छ। प्रदर्शनीको मुख्य लक्ष्य प्रज्ञाका पुस्तकहरू पाठकसमक्ष पुर्याउँदै पठन संस्कृतिको विकासमा टेवा पुर्याउने रहेको छ ।
‘सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान’ भन्ने उद्घोषका साथ शुर भएको उक्त प्रदर्शनीमा प्रज्ञा-प्रतिष्ठानका महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तकहरू प्रदर्शनीमा राखिएको छ ।
हिमाल, पहाड, मधेस- तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका काेशहरू प्रदर्शनी स्थलमा राखिएका छन्।
प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू ६० प्रतिशत छुट र २०७१ सालयता देखि प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष ४० प्रतिशतको छुट दिइएको छ ।
साउन ५ गतेसम्म चल्ने पुस्तक प्रदर्शनीमा पुन: प्रकाशन भएका अमरकाेश,नेपाली साहित्यकाेश,काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नाै उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जाेशिकाे प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङकाे एरिस्टाेटल र उनका काव्य शास्त्र ‘पेरी पाेइएतिकेस’ आदिका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया