मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी तरकारीको बोक्रा नफाल्नुहोस्, लुकेको हुन्छ पौष्टिक तत्त्व

हामी प्रायजसो तरकारीका बोक्राहरू फालेर पकाउने गर्छौ । बोक्रा फालेपछि हेर्दा पनि राम्रो देखिने र हरेक तरकारीको बोक्रा फालेर नै पकाउनुपर्छ भन्ने भ्रमका कारण हामी बोक्रा फालेर तरकारी पकाउने गर्छौ ।

तर, केही तरकारीका बोक्रामा थुप्रै पोषक तत्त्व हुन्छन् । जसलाई हटाउँदा पोषक तत्त्व पनि सँगै नष्ट हुन्छ । यसकारण आज हामी कस्ता तरकारी बोक्रासँगै खानु फाइदाजनक हुन्छ भन्ने बारे जानकारी गराउँछौ ।

फर्सी

फर्सी स्वास्थ्यका लागि रामवाण तरकारीको रूपमा मानिन्छ । यो पकाउँदा धेरैले बोक्रा फाल्छन् । तर, यसको बोक्रामा पनि भिटामिन ए, आइरन, पोटासियम जस्ता विभिन्न पोषक तत्त्वहरू हुन्छन् ।

आलु

धेरै मानिस आलुको बोक्रा निकालेर खान्छन् । तपाईँलाई थाहा छैन होला, आलुको बोक्रामा पोटासियम, आइरन, भिटामिन सी, ए जस्ता पोषक तत्त्व पाइन्छन् । त्यसैले राम्रोसँग सफा गरेर आलुको बोक्रासँगै यसलाई पकाउनु फाइदाजनक हुन्छ ।

लौका

लौकाको तरकारी पनि बोक्रा फालेरै बनाउने गरिन्छ । तर, यसमा पनि फाइबर, भिटामिन सी, एन्टीअक्सीडेन्ट्स र अन्य धेरै पोषक तत्त्वहरू पाइन्छन् ।

मुला

कतिपयले मुलाको पनि बोक्रा फालेर खाने गर्छन् । तर, मुलाको पनि बोक्रामा फाइबर, पोटासियम, जिङ्क, क्याल्सियम सहित कयौँ पोषक तत्त्व पाइन्छन् ।

काँक्रो

काँक्रो पनि कतिपयले बोक्रा फालेर खाने गर्छन् । काँक्रो बोक्रासँगै खाँदा जिङ्क, फाइबर, एन्टीअक्सीडेन्ट्स जस्ता पोषक तत्त्व पाइन्छन् । जुन शरीरका लागी आवश्यक हुन्छ । यस कारण काँक्रोको बोक्रा फालेर खाने नगर्नुहोस् । 

सखरखण्ड

सखरखण्डका बोक्रामा भिटामिन ई, बिटा क्यारोटिन सहित कयौँ पोषक तत्त्व पनि हुन्छन् । त्यसैले यो पनि बोक्रासँगै खानु फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?