मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केराको बोक्रा अनुहारको लागि रामबाण औषधि, यसरी प्रयोग गर्नुहोस्

काठमाडौँ – केरा खाएपछि धेरैजसो मानिसले बोक्रा फाल्छन् तर यो बोक्रा प्रयोग गरेर अनुहारलाई चम्किलो, नरम र सुन्दर बनाउन सकिन्छ । यदि तपाई पनि आफ्नो अनुहार सुन्दर बनाउन चाहनुहुन्छ भने केराको बोक्रा प्रयोग गर्न सक्नुहुन्छ ।

केरा खाएपछि प्रायः मानिसहरुले बोक्रा फाल्छन् तर यसको बोक्रा प्रयोग गरेर तपाईले आफ्नो अनुहारलाई चम्किलो बनाउन सक्नुहुन्छ ।

केराको बोक्रा अनुहार र घाँटीमा १० मिनेटसम्म रगाउनुहोस्, त्यसपछि चिसो पानीले धुनुहोस्। यो हप्तामा दुई देखि तीन पटक गर्नुहोस्।

केराको बोक्राको भित्री भागलाई आँखामुनि लगाउनुहोस्, त्यसपछि १० मिनेटपछि सफा पानीले धुनुहोस्। यसले डार्क सर्कल हटाउँछ।

केराको बोक्राको भित्री भागमा दही र मह मिसाएर घाँटी र अनुहारमा १५ मिनेट लगाएर सफा पानीले धुनुहोस्।

केराको बोक्रालाई यी सबै तरिकामा प्रयोग गरेर, तपाईं आफ्नो अनुहारको दाग, पिम्पल र कालोपन कम गर्न सक्नुहुन्छ।

केराको बोक्रा प्रयोग गर्नु अघि, प्याच टेस्ट गर्नुहोस्, किनभने केही मानिसहरूलाई दागहरू हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?