मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तनाव र चिन्ताबाट मुक्त हुन चाहानुहुन्छ ? अपनाउनुस् यी तरिका

काठमाडौँं– आजभोली तनाव र चिन्ताको कारण हाम्रो जीवनशैली सुस्त हुनुका साथै दिमागले पनि आफ्नो क्षमता अन्ुसारको काम गर्न सकेको छैन । सामाजिक सञ्जालमा अनावश्यक स्क्रोलिङ, तुलनात्मक रुपमा प्रकृति र जीवनकोबीचको दुरी बढ्नुले गर्दा हामी झन कुण्ठिट हुँदै गएका छौँ ।

यसैबाट हामीमा शारीरिक तथा मानसिक समस्याहरुको सृजना भइरहेको छ । थकान तथा अल्पिनले हाम्रो मानसिक स्वास्थ्यमा पनि असर पारेको हुन्छ । यसले चाँडै नै हाम्रो हाम्रो शारीरिक स्वास्थ्यमा पनि असर पार्छ । त्यसैले दैनिक यी तरिका अपनाउनुहोस् जसले तपाईको दिमागलाई सधैँ तेजिलो र सक्रिय बनाउँछ ।

स्वस्थ न्यूट्रिशियन
स्वस्थ शरीर नै स्वस्थ दिमाग हो । यसैले तपाईले खानपानलाई जति सकिन्छ त्यति स्वस्थकर बनाउनुहोला । मेडिटेरियन डाइट जस्तोलाई फलो गर्नुहोस् । साथै कम मसलादार खानाको प्रयोग गर्नुहोला । धुमपान र मद्यपानलाई टाढा राख्नुहोस् । साथै फलफूल तथा सागपातको अधिक मात्रामा सेवन गर्नुहोला ।

शारीरिक व्यायाम
एक दिनमा कम्तिमा पनि एक घण्टा शारीरिक गतिविधि गर्नुहोला । काम, पौडि, दौड, नृत्य वा कुनै पनि प्रकारले शरीरलाई सक्रिय राख्नुहोला । यसले दिमाग धेरै सक्रिय रहनेछ । साथै शरीर स्वस्थ पनि हुन्छ ।

तनावको व्यवस्थापन गर्नुहोला
योगा वा ध्यानले तपाईको तनावलाई कम गर्ने कोसिस गर्छ । कसैको मद्दत मनोवैज्ञानिकसँग परामर्श लिनुहोला । तर तपाईको तनावलाई व्यवस्थापन गर्नुपर्छ । जसले गर्दा दिमागमा सकारात्मक उर्जा आउने गर्छ ।

आराम गर्नुहोला
कार्यालय, घर, बच्चा जिम्मेदारीको बीच दिमागमा सोच्न बन्द हुन्छ । यस्तो अवस्थामा सबै कामबाट करिब एक घण्टाको अन्तरालमा आराम गर्नुपर्छ । यसरी आराम गर्दा पावर काम गर्ने पावर बढ्नुका साथै आनन्द पनि मिल्छ । यस्ता ससाना कुराले तपाईको दिमागलाई आराम दिन्छ । यसले दिमागमा आराम मिल्छ । साथै सक्रियता बढ्छ । राती ८ घण्टा निदाउनुहोला ।

स्वास्थ्य अवस्थालाई व्यवस्थापन गर्नुहोला
यदि तपाई बीपी वा सुगरको बिरामी हुनुहुन्छ भने आफ्नो खानपान र जीवनशैलीलाई त्यही अनुसार मिलाउनुहोस्, जसले गर्दा यी रोगहरु नबढ्ने र तपाईको दिमागमा बिरामी हुने बोझ नबढ्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?