हामी भोक लागेको समयमा आँखा अगाडी जुन खानेकुरा देख्छौँ त्यही खान्छौँ । तर, अधिकांश खानेकुरा हामीले एकसाथ मिलाएर खानु हुदैन । र, एक चिज खानसाथ लगत्तै अर्को खानेकुराको सेवन गर्नु हुँदैन । यस्तमा आज हामी मासु सेवन गर्नेबित्तिकै के–के खानेकुरा खानुहुँदैन भन्ने सन्र्दभमा जानकारी गराउँछौ ।
माछा–मासु खाएपछि बिर्सेर पनि दूधको सेवन गर्नुहुँदैन । सामान्यतया माछा खाएपछि दूध पिउन निषेध गरिएको छ । तर माछा मात्र होइन, कुनै पनि नन–भेज खानेकुरा खाइसकेपछि दूध वा दही खानु हुँदैन । रातिको समयमा माछा–मासु खानुभएको छ भने त झन् दूध खाँदै नखानुहोस् ।
माछाको सेवन गरेपछि दूध र दूधजन्य परिकार खाएमा यसले छालासम्बन्धी रोगहरु लाग्छ । यदि माछा र दूध एकसाथ सेवन गरेमा छालामा सेतो दाग आउने सम्भावना हुन्छ । माछा र दूधको सेवनबाट फुड पोइजन पनि हुन सक्छ । त्यसैले दूध र माछा खानुहुँदैन ।
दुध र दही दुबै स्वास्थ्यका लागि लाभदायक खानेकुराहरू हुन् । तर, दुबै सँगसँगै खाँदा फाइदाको साटो नोक्सान ज्यादा हुन्छ । यसो हुनुमा दहीमा विद्यमान ब्याक्टेरिया र अम्लले गर्दा दूधलाई डीन्याचूरेट गर्ने वा फटाइदिने हुँदा यो फाटेको दूधले एसिडिटी, ग्यास, बान्ता, झाडा–पखाला, वाकवाकी गराउने हुन्छ ।
यस्तै दूधसँग नुनको सेवन पनि अत्यन्त हानीकारक मानिन्छ । दूधसँग नुनको सेवन गर्दा पेटको भित्री पत्र वा छालाको संक्रमणको उच्च जोखिम हुन जान्छ । वैज्ञानिकहरूले छालामा आउने दाद, फोकाफोकी, घाउ, खटिरा, स्वरियासिस, छाला चिलाउने, एक्जिमाजस्ता समस्याहरूलाई दूध र नुनको विरूद्ध आहार सेवनले उत्पन्न भएको समस्या मान्ने गरेका छन् ।
अर्को कुरा भनेको आजकल दूधसँग विभिन्न किसिमका फलफूलहरू मिलाएर बनाइएको मिल्कसेक वा स्मुदी बनाएर खाने चलन छ तर यो चलन स्वास्थ्यको दृष्टिले त्यति उपयुक्त होइन । फलफूल वा सलादहरूको प्रकृति चिसो हुन्छ भने दुधको प्रकृति तातो हुन्छ । यसरी दुई प्रकृतिको खानेकुराहरू खाँदा स्वास्थ्यमा प्रतिकूल असर पुगनसक्छ ।
कालो मासको दाल, गहत र मुङसँग दुधको सेवन कहिल्यै गर्नु हुँदैन । दाल खाँदा दालमा विद्यमान प्रोटिन र दूधमा विद्यमान प्रोटिनको पाचन विधि फरक हुने हुँदा यसले हाम्रो पाचन तन्त्रमा नकारात्मक असरहरू पैदा गराउँदछ र पेट खराब हुने गर्दछ ।
दूध पिएपछि वा दूधको साथ रूख कटहरको सेवन गर्नु हुँदैन । यसो गर्दा पाचन प्रणालीमा त समस्या उत्पन्न गराउदछ नै साथै मुटुरोग, श्वास रोग, दाद, चिलाउने, एग्जिमा र अन्य छालासम्बन्धी विकार उत्पन्न गराउदँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया