काठमाडौँ – बलिउड फिल्म ‘कल्की २८९८ एडी’ले ‘कल्की’ले बनायो भारतमा यस वर्षकै धेरै कमाइ गर्ने फिल्मको रेकर्ड बनाएको छ ।
अजय देवगणको ‘शैतान’ र ऋतिक रोशनको ‘फाइटर’ लाई समेत पछि पार्दै ‘कल्की’ ले वर्किङ डेजमा समेत तीव्र कमाइ गरिरहेको छ । बुधबार २३ करोड कमाइ गरेको फिल्मले रिलिजको आठौं दिन बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको हो ।
फिल्मले हालसम्म हिन्दी भर्सनमा १६२.८ करोड, तेलुगू भर्सनमा २१२.८ करोड, ओभरसिजमा १७३.१ करोड, मलयालममा १४.१ करोड, तमिलमा २३ करोड र कन्नडमा २.८ करोड भारु कलेक्सन गरेको छ ।
नाग अश्विन निर्देशित फिल्मले महाभारतदेखि ६ हजार वर्ष अगाडिको कथा भन्छ । प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन लगायतको अभिनय रहेको यो फिल्मको कमाइको गति बक्स अफिसमा रोकिने छाँटकाँट देखिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया