मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मकवानपुरमा करिब ३३ हजार बिरामीले लिए आयुर्वेद सेवा

मनहरी – आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरबाट चालु आर्थिक वर्ष २०८०-८१ को जेठ मसान्तसम्म करिब ३३ हजार बिरामीले आयुर्वेद सेवा लिएका छन् ।

कार्यालय प्रमुख डा ललिता पाण्डेले मकवानपुरमा त्यस अवधिमा ३२ हजार नौ सय ९१ जनाले सेवा लिएका जानकारी दिइन् । उनले पाँचवटा नागरिक आरोग्य सेवा केन्द्र र तीनवटा औषधालयबाट सेवा दिइएको बताइन् ।

“कार्यालयमै आएर १७ हजार ६ सय ८०, हटिया आयुर्वेद औषधालयबाट दुई हजार दुई सय ३९, चुरियामाईबाट एक हजार तीन सय ८०, काँकडाबाट दुई हजार तीन सय र नागरिक आरोग्य सेवा केन्द्रबाट नौ हजार तीन सय ९२ जनाले सेवा लिएका छन् ”, डा पाण्डेले भनिन् ।

चिकित्सालयले चालु आर्थिक वर्ष २०८०-८१ मा महिला स्वयंसेविकालाई आयुर्वेदसम्बन्धी सचेतना, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्याहार, एक जिल्ला एक जडीबुटी उद्यान निर्माण, पूर्वकर्म—पञ्चकर्म कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षालगायत कार्यक्रम सञ्चालन गरेको थियो ।

चिकित्सालयले बहिरङ्ग सेवा, निःशुल्क औषधि वितरण, सशुल्क फार्मेसी सञ्चालन, पूर्वकर्म, पञ्चकर्म सेवा, निःशुल्क योग परामर्श, पथ्यआहार कार्यक्रम, ज्येष्ठ नागरिक तथा अकुपञ्चरलगायत सेवा प्रदान गर्दै आइरहेको छ । चिकित्सालयबाट २३ थरीका औषधि निःशुल्क रूपमा वितरण भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?