मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी बच्ने दूषित पानीका कारण लाग्न सक्ने रोगबाट

अहिले पानी पर्ने सिजन छ । यसकारण पानीका मुहानहरु समेत आकाशबाट परेको पानीका कारण फोहोर हुन्छ ।

दूषित पानी खाएकै कारण वर्षायाममा विभिन्न रोगहरू लाग्छन् ।  हैजा, झाडापखाला, आउँ, जुका, कमलपित्त, टाइफाइड लगायतको रोग यसका उदाहरण हुन् । 

दूषित पानी पिउँदा विभिन्न रोग लाग्ने हुन्छ । दिसा पिसाबबाट सर्ने रोग लाग्न सक्छ । दूषित पानी प्रयोग गर्दा सुरुमा बान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने हुन्छ । झाडापखाला गराउने भाइरस तथा ब्याक्टेरियाले हैजा, टाइफाइड हुन सक्छ । कसै कसैमा दिसामा आउँ पर्ने, रगत देखिने र कसै कसैलाई ज्वरो आउनेसमेत हुन्छ ।

झाडापखाला, टाइफाइड, जन्डिस गराउने भाइरस (हेपाटाइटिस) पनि पानीकै कारणले हुने गर्छ । दूषित पानीको कारण छालासम्बन्धी रोग पनि देखिन सक्छ । प्रायजसो गर्मी मौसममा दूषित पानीले धेरै समस्या निम्त्याउने गरेको पाइन्छ । सङ्क्रमित व्यक्तिले सावधानी नअपनाएमा अरू व्यक्तिमा सर्ने गर्छ ।

हामीले खोला, धारा, इनारबाट पानी प्रयोग गर्छौँ । खानेकुरा त्यही पानीले पखाल्छौँ, नपकाई खाने फलफूल तरकारी दूषित पानीले पखालेर खायौँ भने पनि रोग सर्न सक्छ ।

टाइफाइड ब्याक्टेरियाबाट हुन्छ । जुन व्यक्ति टाइफाइडबाट सङ्क्रमित छ, उसको दिसा, पिसाबमा कीटाणु हुन्छ । सङ्क्रमित व्यक्तिले राम्रोसँग हात धोएन भने अरूलाई सर्न सक्छ । टाइफाइड भएको व्यक्तिलाई उच्च ज्वरो आउने, बान्ता हुने झाडापखाला लाग्ने हुन्छ । 

खानेपानीको मुहानमै प्रदूषण भएको हुन सक्छ । त्यस्तै, ढल फुटेर खानेपानीमा मिसिँदा पानी दूषित हुन्छ । पानी परेर ढल ओभरफ्लो हुँदा खानेपानीमा मिसिँदा पनि इन्फेक्सन बढी फैलन्छ । फोहोरमा भएको कीटाणु पानीमा बगेर गई खानेपानीमा मिसिँदा पानी दूषित हुने हुन्छ ।

खुला रूपमा गरेको दिसा–पिसाब खोलानाला, पोखरीमा मिसिने र त्यहाँको पानी मानिसले पिउँदा विभिन्न रोग लाग्ने हुन्छ । पानीको स्वाद फरक छ भने त्यो पानी दूषित हुन सक्छ ।

कसरी बच्ने त ?

मुख्य कुरो त आफूले पिउने पानी कहाँबाट आएको हो, बुझ्नुपर्छ । इनारको पानी हो भने इनार वरपर पर्खाल लगाएर बगेर आउने पानी मिसिन दिनुहुँदैन ।

पाइपको पानी हो भने पाइप फुटेर फोहोर मिसिएको छ–छैन, जाँच गर्ने गर्नुपर्छ । पानी सधैँ उमालेर, फिल्टर गरेर वा शुद्धीकरण विधि अपनाएर मात्र पिउनुपर्छ । 

–खाना खानुअघि, चर्पी गएर आएपछि, साबुन पानीले सफासँग हात धुनुपर्छ । 

–काँचो फलफूल, सागसब्जी खानुहुँदैन । सफा पानीले धोएर मात्र खानुपर्छ । पखाल्दा पानी सफा हुनुपर्छ । 

–आफ्नो घर वरपरको वातावरण सधैँ सफा राख्नुपर्छ । 

– जथाभाबी दिशा, पिसाब गर्न हुँदैन । शौचालय सधैँ सफा राख्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?