काठमाडौँ– गुगलको एक सफ्टवेयर इन्जिनियरको एउटा भिडिओ पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले एउटा ‘रोबोटिक मेडुसा ड्रेस’ बनाएका थिए ।
सोही ड्रेसलाई लिएर गुगलका इन्जिनियरले इन्स्ट्राग्राममा एक पोष्ट शेयर गरेका थिए । रोबोटिक मेडुसा ड्रेसको चार ‘थ्री डी’ पिन्ट वाला सर्पसहित तयार गरिएको छ ।
‘थ्री डी’ प्रिन्ट वाला सर्प वास्तविक देखिन्छन
यो ‘थ्री डी’ प्रिन्ट वाला सर्पमध्ये एउटा एआई टेक्नोलोजीको प्रयोग गर्ने काम भएको छ । ड्रेससँगै देखिने ‘थ्री डी’वाला सर्प कुनै कोडिङबाट निर्माण भएको हो । यो प्राकृतिक सर्प जस्तै चल्न सक्छ ।
को हुन् क्रिस्टीना अन्स्र्ट
‘रोबोटिक मेडुसा ड्रेस’ को तयार गर्ने गुगल सफ्टवेयर इन्जिनियरको नाम क्रिस्टिना हो । क्रिस्टिना अन्स्र्ट shebuildsrobots.org बेभसाइटको फाउण्डरसमेत हुन् ।
यही वेभसाईटको माध्यमबाट क्रिस्टिनाले आफ्नो काम देखाउँदै आएकी छिन् । क्रिस्टिनाको इन्स्टाग्राम She Builds Robot नाममा बनाइएको छ । अर्थात् यो रोबोट तयार गर्छ । क्रिस्टिना महिलाहरुलाई रोबोट बनाउन सिकाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया