मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भान्सामा मसलाका रूपमा प्रयोग हुने लसुनले दिन्छ यति धेरै स्वास्थ्य लाभ 

हाम्रो भान्सामा प्रयोग हुने मसालामध्ये एक हो लसुन । यसले खानामा स्वाद बढाउने काम गर्छ । हरेक तरकारीमा यसको प्रयोग गरिन्छ ।

स्वाद बढाउनुका साथै लसुन एक महत्त्वपूर्ण घरेलु औषधि पनि हो । यसले पाचन शक्ति बढाउँछ, महिलाको महिनावारी ठिक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ ।

पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ । लसुनको पात, केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ ।

लसुनका यी विविध भागलाई नियमित रूपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने सम्भावना निकै हुन्छ ।  लसुनले क्यान्सरको समस्या पनि राहत दिलाउँछ ।

यस्ता छन् लसुनका फाइदाहरू

–लसुनको सबैभन्दा ठूलो फाइदा यसले रोग प्रतिरोधात्मक क्षमतालाई विकास गर्दछ । केही जानकारका अनुसार लसुनमा क्यान्सर जस्तो गम्भीर रोगसँग लड्ने क्षमता पनि हुन्छ । प्यानक्रियाज, कोलोक्टोरोल, स्तन र प्रोस्टेट क्यान्सरका रोगीलाई काँचो लसुनको सेवन गर्न डाक्टरले सल्लाह दिन्छन् ।

–उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ । यसरी लसुन खाँदा एकै पटक नखाएर पटक पटकको खानासँगै खानु राम्रो हुन्छ ।

–पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २,३ केस्रा लसुन दूधसँग खाएमा ग्यास्ट्रिकलाई फाइदा हुन्छ ।

–सामान्य प्रकारको छालाको चिलाउने रोग जस्तै दाद, एक्जिमा आदिमा लसुनको रस लगाउनु लाभकारी हुन्छ ।

– लसुनको रस र कागती समभाग राखी कपासको माध्यमले दिनको ३÷४ पटक चिलाउने घाउ पुछ्ने गर्दा चिलाउने कम हुन्छ ।

–लसुनले तपाईँको शरीरमा ब्याड कोलेस्ट्रोलको स्तर कम गर्दछ । यसकारण तपाईँको मुटु सधैँ स्वस्थ रहन्छ । यसले शरीरमा गुड कोलेस्ट्रोल बढाउन सहयोग गर्दछ । उच्च रक्तचापलाई कम गर्न पनि लसुन निकै फाइदाजनक हुन्छ । यसमा पाइने एलिसिन नामक तत्त्वले उच्च रक्तचापलाई सामान्य गर्न सहयोग गर्छ ।

–लसुनले दाँत दुखाइमा पनि राहत दिलाउने काम गर्दछ । लसुनलाई ल्वाँगसँग पिसेर दाँत दुखेको ठाउँमा लगाउँदा पीडाबाट तुरुन्त राहत प्रदान गर्छ ।

–गर्भावस्थामा लसुनको नियमित सेवनले आमा र शिशुको स्वास्थ्यमा निकै फाइदा पुर्‍याउँछ । यसले गर्भभित्र शिशुको तौल बढाउन पनि सहयोग गर्दछ । गर्भवती महिलालाई यदि उच्च रक्तचाप छ भने उनले ९ महिनासम्मै लसुनलाई कुनै न कुनै रूपमा सेवन गर्नै पर्छ । यसले रक्तचापलाई नियन्त्रण गरेर शिशुलाई हानी हुनबाट जोगाउँछ । यसले गर्भको शिशुको तौल बढाएर समय पूर्वको प्रसवको खतरालाई कम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?